काठमाडौं महानगरपालिका र महानगरिय प्रहरी वृत स्वयम्भूको संयुक्त आयोजनामा काठमाडौंको स्वयम्भू स्थित भगवानपाऊँमा सडक नाटक गरी मानव बेचविखन तथा ओसारपसार बिरुधको राष्ट्रिय दिवस मनाएको छ । हर प्रहर गाँउ र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने नारा सहित सुरु गरिएको कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सांसद अष्ट लक्ष्मी शाक्यले चेलीबेटी बेचविखन नभई चेलीबेटी सम्मान गर्ने देशको नामले चिनाउन पर्ने बताउनुभयो ।
कार्यक्रममा का.म.न.पा. का प्रवक्ता एवं वडा नं १५ का अध्यक्ष इश्वर मान डंगोलले अहिले आएको डिजिटल प्रविधिको राम्रो सदुपयोग गर्न नजान्दा मानव बेचविखन जस्तो जघन्य अपराध हुन सक्ने भनेर देखाइएको नाटकले समाजमा राम्रो सकारात्मक सन्देश दिने भएको कारणले गर्दा नाटकका कलाकारको प्रशंसा गर्नुभयो ।
त्यस्तै कार्यक्रममा महानगरिय प्रहरी वृतका प्रमुख लालध्वज सुबेदीले विभिन्न प्रलोभनमा पारेर हुने यस्ता मानव बेचविखन जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने कारणले गर्दा समुदायले सुचना दिएर, प्रहरी र समुदायसगैँ मिलेर हिडेमा भोलिका दिनमा यस्ता घट्नाहरु पक्कै पनि नियन्त्रणमा आउने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा कलाकारहरुले सामाजिक सञ्जालको दुरुपयोग र त्यसको असर बारे नाटकिय चित्रण गरेका थिए ।