काठमाडौँ । डा. अजित घिमिरेको निकै मार्मिक शब्द तथा संगीत रहेको गीत ‘बाँध मायाले’ बजारमा आएको छ । अजित घिमिरे र अन्नु चौधरीको आवाजमा अनि मोहित मुनालको संगीत संयोजनमा सजिएको गीतको डीजिटल चिम्पान्जीको आधिकारिक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मिस पबि र बिकाश चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा भर्खर पलाएको सुन्दर मायाप्रेमको चर्चा गरिएको छ। भिडियोको निर्देशक सन्तोष राजबाहक हुन् । गायक अजित घिमिरेले यस अघि आफ्नो सांगीतिक एल्बम प्रस्तुति सार्वजनिक गरिसकेका छन्। संगीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन्। उनले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पी.एच.डी गरेका छन्।भिडियोको लिंक यसै समाचारसंगै राखिएकोछ।
https://www.youtube.com/watch?v=ZBRVFTLzXpA