७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज बिहान प्रकाशित गरेको छ । गत जेठमा भएको कक्षा ११ को परीक्षाको नतिजा बोर्डले मंगलबार बिहान सार्वजनिक गरेको हो। बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो। देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघि नै परीक्षाफल प्रकाशित गरेको हो ।
नतिजा हेर्नको लागि तलको लिंकमा जानुहोला ।
http://www.neb.gov.np/results