आगामी सन् २०२० अप्रिल सेसनमा जापान अध्ययनका लागि जान चाहने बिद्यार्थीको अन्तर्वाता भईरेहेको टेकु स्थित गोल्डेन ट्रेङ्ल एजुकेसनका संचालक श्री शैलेन्द्र बिक्रम बिडारीले जानकारी दिनुभयो। हालै मात्र जापानको नागोया तथा नारा शहरको कलेजका लागि अन्तर्वाता सकिएको छ। अरु बाँकी शहर र कलेजको अन्तर्वाता भने दशै पछी हुने र ढिलोमा तिहार पछी पनि हुने क्रममा रहेको संचालक बिडारीले जानकारी दिनुभयो।
काठमाडौं महानगरपालिका टेकु १२ मा अवस्थीत यस गोल्डेन ट्रेङ्ल एजुकेसनमा जापानले लैजाने भनिएको नेपाली कामदारको जापानी भाषा प्रशिक्षणका क्लासहरु पनि बिहान ६ बजे देखी साँझ ६ बजे सम्म भइरहेको पनि जानकारी दिनुभयो ।
साथै यस गोल्डेन ट्रङ्ल एजुकेसनमा उपत्यका बाहिर बाट आउने बिद्यार्थीको लागि होस्टलको ब्यवस्था पनि गरेको कुरा संचालक बिडारीले जनाउनुभएको छ। लामो समय जापान बसी अध्ययन र काम गरी फर्कनु भएका संचालक बिडारी जापानमा अङ्रेजी भाषाको प्रयोग नहुने भएकोले जापान जान चाहने सबै जनाले जापानी भाषाको अध्ययन गर्न जरुरी रहेको कुरा बताउनुहुन्छ। नागार्जुन नगरपालिका वडा न ९ स्युचाटारका स्थाइ बासिन्दा संचालक बिडारी जापान पढ्न जाने बिद्यार्थीको लागि मात्र नभएर काम गर्नको लागि जापान जान इछ्युक सबैले राम्रो सँग जापानिज भाषाको अध्ययन गर्नु पर्ने बताउनु हुन्छ ।
आउदो अक्टोबर महिनामा जापान फाउन्डेसनले लिने भनेको नर्सिङ कियरको लागि पहिलो चरणको परिक्षा मिती अक्टोबर २७ र २९ तथा नोबेम्बर ५, ७, १२, र १४ मा हुने सार्वजनिक गरिसकेको छ । साथै सेप्टेम्बर ३० देखी अक्टोबेर ३ तारिख सम्म अनलाइन मार्फत फर्म भर्नु पर्ने छ भने गोलाप्रथा बाट छानिएकाले मात्र परिक्षामा सामेल हुन पाउने छन।
ब्रिस्तित जानकारी को लागि गोल्डेन ट्रेङ्ल एजुकेसन टेकु काठमाडौंमा संपर्क गर्न सक्नुहुनेछ ।