नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ । नगरबासीलाई आइपर्न सक्ने संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन ल्याएको हो ।
दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको घोषणा गर्नुभयो ।“नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी एम्बुलेन्स र शबबहान सञ्चालनमा ल्याएको हो” उहाँले भन्नुभयो “नगरबासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाइदै लगिनेछ ।”

शबबहान र एम्बुलेन्स सेवा लिनका लागि नगरपालिकाको स्वास्थ्य शाखा, एम्बुलेन्स वा शब बहान चालक, वडाध्यक्ष लगायतसँग सम्पर्क गरी सेवा लिन सकिनेछ ।मंगलवार नगरपालिकामा आयोजित उद्घघाटन कार्यक्रममा नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू,नगर सभा सदस्यहरू ,नेपाल प्रहरीका कर्मचारीहरु,शाखा प्रमुख एंवम नगरपालिकाका कर्मचारीहरको उपस्थितिमा सम्पन्न भएको थियो। उक्त एम्बुलेन्स तथा शव वाहन २४ अै घण्टा उपलब्ध हुने नगरपालिकाले जनाएको छ । एम्बुलेन्स तथा शव वाहन सेवा सम्पर्क नम्बर ९८६१७७६३७५ ९८६१७७६६८४ रहेको छ ।
