नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको छ । बिहिवारदेखि नगरपालिका वडा नंं १० स्थित् स्युचटार स्वास्थ्य चौकीमा एन्टिजेन टेष्ट शुरु गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रबाट बुथ ल्याएर कोरोना परिक्षण शुरू गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगरबासीको स्वास्थ्यमा ध्यानमा राखी नगरपालिकाले एन्टिजेन परिक्षण शुरु गरेको हो ।

नागार्जुन नगरपालिका स्वास्थ्य शाखाकी लता महतले प्रत्येक हप्ताको सोमवार र बिहिवार हप्ताको दुई दिन पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कमा रहेका र लक्ष्ण देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर एन्टिजेन टेष्ट गरिने बताउनुभयो । उहाका अनुसार अहिले केही दिनको लागी ना.न.पा वडा १० बाटै परिक्षण गरिने र केही दिन पछि अन्य वडाबाट पनि यो सुविधा प्रदान गरिने छ साथै कन्टयाक टेसिङका ग्रुपको लिस्टमा परेका व्यक्तिकाको परिक्षण गरिनेछ ।
नगरपालिकाले यसअघि नै एम्बुलेन्स र शवबाहनको खरिद गरी सेवा प्रवाह गर्दै आएको छ ।