विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरसको संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्य नजर गर्दै संक्रमितको उपचार तथा रोकथामका लागि गैर सरकारी संस्था निडाद्वारा नागार्जुन नगरपालिकालाई सहयोग स्वरूप अक्सिजन कन्सनटेटर १ थान,अक्सिमिटर ५ थान ,पिपिई ४५ थान हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीको अभावमा बिरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले बताउनु भयो ।
त्यस्तै निडाले तनहुँका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।सहयोग सामाग्री ग्रहण गर्दै भिमाद स्वास्थ्य शाखाका प्रमुख प्रकाश नेपालीले विषम परिस्थितिमा स्वास्थ्य सामाग्रीहरू स्वास्थ्यकर्मीका लागि लडाइँमा हिँडेका योद्धालाई दिइने हतियार सरह महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो ।निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । यो संस्थाले तनहुँमा अपाङ्गता भएका व्यक्तिहरूको पुर्नस्थापनासंगै व्यावसायिक सिपमूलक तालिम प्रदान गर्दै आएको छ ।कादुरी क्यारिटेबल फाउण्डेशन हङकङको अर्थिक सहयोगमा राष्ट्रिय एकिकृत विकास संघ निडाको संयोजनमा गोरखा, र तनहुंका बिभिन्न अस्पतालहरूमा कोरोना नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्रीहरू बितरण गरेको छ ।
रेडियो बन्दिपुर ८८.८ का कार्यकारी निर्देशक समेत रहेका निडा अध्यक्ष विजयकुमार कार्कीको बिशेष पहलमा प्राप्त सामग्रीहरू वितरण गरिएको हो । गोरखाको पालुङटारमा रहेको आँपपिपल अस्पताल, तनहुँको भानु नगरपालिकाको पुरनडिही अस्पताल, बन्दीपुर अस्पताल, भिमाद अस्पताल, जीपी कोईराला अस्पतालका लागि सामग्री वितरण गरिएको हो ।हरेक अस्पतालका लागि १ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, ५ थान अक्सिमिटर र ६२ थान पिपिई प्रदान गरिएको छ । त्यस्तै काठमान्डौका बिभिन्न अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूमा पनि निडाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
