भोलि शुक्रबारदेखि नागार्जुन नगरपालिकामा भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतद्वारा जारि गरिएको उक्त सुचनामा नगरपालिकाको सवै वडाहरुमा कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा मिति २०७८/०४/२२ गतेदेखि २४ गतेसम्म संचालन हुने भएकोले पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई आ-आफनो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप सेवा लिनु हुन अनुरोध गरिएको छ।कोरोना विरुद्धको भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पूरा भएका नागरिकलाई दोस्रो डोज लगाइने नगरपालिकाले जनाएको छ ।खोप बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लगाइनेछ ।यसका लागि पहिलो डोज लगाएको खोप कार्ड लिई आफूलाई पायक पर्ने खोपकेन्द्रबाट खोप लिन सकिनेछ ।
