प्राथमिक स्वास्थ्य केन्द्र रामकोटले भिडियो एक्सरे र ई.सी.जी सेवा थप गरेको छ । नागार्जुन नगरपालिकाको आर्थिक सहयोगमा भिडियो एक्सरे मेसिन उपलब्ध भएको हो भने स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवास्थापन महासाखाले ई.सी.जी गर्ने मेसिन उपलब्ध गराएको छ ।
सोमबार ना.न.पा.का मेयर मोहन बहादुर बस्नेत प्रमुख अतिथि तथा उपमेयर सुशिला अधिकारी विशेष अतिथि रहेको एक कार्यक्रमको बिच उक्त मेसिनहरुको उद्घाटन गरिएको थियो ।
प्रत्येक बिहान ८ बजे देखि १ बजेसम्म उक्त भिडियो एक्सरे र ई.सी.जी सेवा बिशेषज्ञ डाक्टरद्धारा प्रदान गरिने सि अहेब विराट आचार्यले नागार्जुन पोष्टलाई बताउनुभयो । सामान्यतया भिडियो एक्सरे गर्न रु ३०० लाग्ने र गर्भवती महिलाको विशेष परिक्षण गर्न रु ५०० लाग्ने तथा ई.सी.जी सेवा लिन रु १०० लाग्ने पनि उहाले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र रामकोटले अरु दिनहरुमा पनि सामान्य उपचारहरु तथा २४ अैं घन्टा सुत्केरी सेवा, गर्भवतीलाई चाहिने सम्पूर्ण औषधिहरु तथा सुगर र प्रेशरका बिरामीहरुलाई एक एक थरी औषधि निशुल्क प्रदान गर्दै आईरहेको छ ।