मिति २०७६ माघ ०५ गते देखि २०७६ माघ २० गतेसम्म बिहान ९ बजेदेखि दिउँसो २.३० बजेसम्म मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । उक्त शिविरमा मनमोहन अस्पतालका वरिष्ठ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा अन्य सम्पूर्ण सेवाहरुमा १५% छ्ुट (जस्तै: ल्याव टेष्ट,USG, एक्स–रे, फिजियोथेरापी तथा हर्नीया, हाइड्रोसील, पित्तको थैली, पाठेघर एवं हाडजोर्नी लगायतको अपरेशनहरु) सहित वृहत स्वास्थ्य शिविरको आयोजना हुन गईरहेको हँुदा समयमा नै आफ्नो नाम दर्ता गराई मौकाको फाईदा लिनुहुन मनमोहन अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिविरमा हुने निःशुल्क उपलब्ध सेवाहरु ः
उच्च रक्तचाप, दम, खोकी, ज्वरो चेक जाचँ
मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ सेवा
बाथ रोग विशेषज्ञ सेवा
न्य्ुरोलोजी विशेषज्ञ सेवा
पेट रोग सेवा
नेफ्रोलोजी मृगौला सम्बन्धी बिशेषज्ञ सेवा
बालरोग विशेषज्ञ सेवा
जनरल सर्जरी (चिरफार) सेवा
युरोलोजी (मुत्र रोग) बिशेषज्ञ सेवा
न्युरो सर्जरी विशेषज्ञ सेवा
नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा
ढाड तथा नशा रोग विशेषज्ञ सेवा
नशा तथा मनोरोग विशेषज्ञ सेवा
नाक, कान, घाँटी विशेषज्ञ सेवा
प्रसुती तथा स्त्री रोग विशेषज्ञ सेवा
मुटु रोग विशेषज्ञ सेवा
छाला तथा यौन रोग विशेषज्ञ सेवा
आँखा सम्बन्धी विशेषज्ञ सेवा
दातँ सम्बन्धी बिशेषज्ञ सेवा
उक्त शिविरमा आफ्नो नाम दर्ता गराउन फोन नं ०१-५२४७३१५,०१-५२४७३१६,०१-५२४७३१७ मा सम्पर्क गर्न सकिन्छ ।