राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नागार्जुन नगर अध्यक्षमा ध्रुव प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् । नागार्जुन नगरपालिका वडा नं ६ स्थित थापा पार्टी प्यालेसमा चैत ११ गते बुधवार सम्पन्न नगर अधिवेशनबाट नगर अध्यक्षमा खनाल लगायत ३३ सदस्यीय कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको हो ।
नगर सचिव नबराज कार्कीको स्वागत मन्तबयबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवंम राप्रपाका बरिष्ठ नेता बिक्रम बहादुर थापाले अबको काग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकोले ढुक्क भएर पार्टी संगठनमा लाग्न कार्यक्रर्ता आग्रह गर्नु भयो ।
त्यस्तै पार्टीका कार्य सम्पादन समितिका सदस्य एवंम् युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले आगामी निर्वाचनमा नागार्जुन नगरपालिकामा निर्वाचन जित्ने गरि संगठन निर्माणमा लाग्न कार्यक्रर्तालाई निर्दैशन दिनुभएको छ भने केन्द्रिय सदस्य तथा महिला संगठन सचिव मिरा कुवँरले अबका दिनमा राप्रपा संगठन सशक्त हुदै आएकोले उच्च मनोबलका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
साथै कार्यक्रममा कार्य सम्पादन समितिका सदस्य एवंम केन्द्रिय सदस्य उद्धव थापा,केन्द्रिय सदस्यहरु केदार धमला,नविन शाही,रामहरि क्षेत्री लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
त्यस्तै,कार्यक्रममा नगरपालिकाको १० वटै वडाका करिव ५ सयसंख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको राप्रपा नागार्जुनले जनाएको छ ।