मानव सेवा आश्रमले ४१ जनलाई ज्ञान हस्तान्तरण दिक्षित गरेको छ । मानव सेवा लाग्न प्रेरित गर्दै उहाँरुलाई पाँचदिने तालिम सम्पन्न गरी आइतबार दिक्षित गरिएको हो । १६ जिल्लामा रहेको मानव सेवा आश्रमको शाखा कार्यालयमा गएर मानवीय सेवामा सर्पित भइ काम गर्नका लागि उहाँहरुलाई पाँच दिने तालिम दिक्षित गरिएको हो । दिक्षित गर्दै नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले मानवी सेवाको भावनाले काम गर्न सबैलाई आग्रह गर्नुभयो । कलिला उमेरमै मानवीय सेवाको भावनाले काम गर्न उप्रेरित हुनु भएका सबैलाई शुभकामना दिदै बस्नेतले आगामी दिनमा थप मानवीय सेवाको भावनाले काम गर्न आग्रह गर्नुभयो ।
मानवीय सेवाले पाँच दिनसम्म सञ्चालित तालिममा तनाब व्यवस्थापन, नेतृत्व विकास, जीवन जिउने, खुसी हुने कला, समूहमा काम गर्ने सीपको विकास र सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने गरी तालिम प्रदान गरेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । नागार्जुन नगरपालिकाले मानव सेवा आश्रम सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि ३५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै कार्यक्रममा मुग्लानी खबर डट कम ले पनि उक्त मानव सेवा आश्रमलाइ राहत सामग्री प्रदान गरेको थियो ।