काठमाडौं नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ।नागार्जुन वडा नं १ को सम्पन्न मगतगणनामा कांग्रेसका वडाध्यक्ष उम्मेदवार रामेश्वर लामा ठूलो मतान्तरसहित विजयी भएका हुन्। लामाले १३७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र लामाले ६३२ मत प्राप्त गरेका छन्। वडा नं १ मा वडाध्यक्ष रामेश्वर लामा सहित नेपाली कांग्रेसबाट नै सबिता सुनार,योगेन्द्र चित्रकार र रामप्रसाद खनाल गरी ३ जना वडा सदस्यमा विजयी भएका छन् भने नेकपा एमालेबाट शान्ता लामा विजयी भएकी छिन् ।