नागार्जुन नगरपालिका वडा नं २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा थुमराज के।सी विजयी हुनुभएको छ । नागार्जुन २ को अन्तिम मत गणना अनुसार एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार थुमराज के.सी ले ९८३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राकेश महर्जनले ६५६ मत प्राप्त गरेका छन् । नागार्जुन २ बाट नेकपा एमालेको उम्मेदवार के.सी २०७४ को चुनाब संगै यो पटक पनि पुन विजयी भएका हुन् ।