आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्बाचनमा प्रदेश सभाको प्रत्यक्षतर्फ नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ प्रदेश (ख) मा शालिन व्यक्तित्व तथा बहुआयामिक प्रतिभाका धनी युवा व्यक्ति अमिन पाण्डेय आसन्न प्रदेशसभा निर्वाचन २०७९ को लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य,क्षेत्र नं ८ प्रदेश (ख) मा उम्मेदवार चयन हुनु भएको छ । २०४६ साल देखि अनवरत रूपमा नेपाली कांग्रेसका प्रजातान्त्रिक योद्धा रहि नेपाल तरुण दलमा आबद्ध हुँदै जिल्ला सदस्यको भुमिकामा रहि पार्टी सुदृढीकरण तथा संगठनमा अहम भुमिका निभाउदै आइरहेका अमिन पाण्डेय सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवामा दुई कार्यकाल अध्यक्ष पद समेत सम्हालेर आउनु भएका उनी सामाजिक कार्यमा पनि उत्तिकै लागिरहनु भएका एक चिर परिचित ब्यक्ति हुनुहुन्छ।
विगत ३ दशकदेखि सामाजिक, राजनितिक गतिविधिमा सकृय पाण्डे त्यस क्षेत्रका मतदातामाझ अत्यन्त लोकप्रिय छन् । पाण्डेय राजनितिक , सामाजिक क्षेत्रमा मात्र नभई सांगीतिक क्षेत्र,सञ्चार क्षेत्रमा पनि उत्तीकै चर्चित अधिवक्ता समेत हुनुहुन्छ । स्वच्छ मन,सफा चरित्र र मृदुभाषि पाण्डेयको जित सुनिश्चित रहेको सो क्षेत्रका आम मतदाताको बुझाइ रहेको छ भने स्वयं पाण्डेय पनि आफ्नो जित हुने कुरामा बिस्वस्त रहेको बताउनुहुन्छ ।