तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता २०७६ सम्पन्न भयो । ना.न.पा. वडा नं १ स्थित नर्सरी चोकको इचंगु नारायण डोजो हलमा भएको २ दिने कार्यक्रमको समापन भएको छ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह प्रमुख अथिति तथा ना.न.पाका मेयर मोहन बहादुर बस्नेत विशेष अथिति भई उद्घाटन गरेको कराते प्रतियोगितामा जम्मा २५ वटा समूह अन्तर्गतको खेल भएको थियो जस्मा १९ वटा टिम सहभागी थिए जस् अन्तर्गत उपत्यका बाहिरबाट काभ्रे, सिन्दुपाल्चोक धादिङबाट ३ वटा टिमबाट ७० जना र उपत्यकाको १६ टिमबाट जम्मा ४३५ जना सहभागी भएको जानकारी इचंगु नारायण कराते डोजोका प्रमुख प्रशिक्षक सन्तोष चाम्लिङ राईले नागार्जुन पोष्टलाई बताउनुभयो ।
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता २०७६मा प्रथम स्थान आयोजक टिम इचंगु नारायण डोजो भयो भने दोस्रो स्थानमा South Eastern school भयो र तेस्रो स्थानमा Best Academy school भयो । त्यस्तै कार्यक्रममा १३ औँ साग कराते प्रतियोगिताका स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।