कृष्ण हरी खत्री
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता आजैदेखी त्याग्ने निधो गरेको छु ।
स्कुले जीवनदेखि नै बुझिनबुझी बामपंथी राजनीतिमा चासो बढ्यो । समाजले मानीआएका केहि नियमित मान्यताहरुलाई परिवर्तन गर्न र नयाँ मान्यता स्थापित गर्न कोशिश गरियो । विकासको बहुआयामिक पक्षमा सकेजती योगदान गर्न प्रयत्न गरियो । आफ्नो व्यक्तिगत घर नहुदा पनि पार्टी घर बनाउन आर्थिक र श्रमको योगदान गरियो । पार्टीलाई सकेको दिईयो र पार्टीले पनि मलाई दियो । मनमा लागेका कुरा ढुक्कसँग बोल्नसक्ने हिम्मत र विद्रोही स्वभाव पार्टीले सिकायो । कमै कार्यकर्ताले अवसर पाउने , २-२ पटक तत ठाउँको प्रमुखको लागि उम्मेदवार बनायो । आफ्नै र अन्य विविध कारणले पराजित भएपनी पछुतो छैन । २०७४ सालको स्थानीय चुनावदेखि अहिलेसम्म केमात्र भोगिएन र के मात्र देखिएन र राजनीति निर्मम हुन्छ बुझेको छु । नजिकका भनिएका साथीहरु विचनै मिल्ती नहुदा थुप्रै अवसरहरु गुम्न पुगे । आफू जन्मिएको माटो स्युचाटार विभाजित हुँदा अझै हिलाम्मे सडकमा हिडन वाध्य छौ । अब, चुनावदेखि चुनावसम्मको राजनीतिबाट टाढा रहने निधो गरेको छु । रहर होईन वाध्यता र आवश्यकताले २०४७ सालमा क.ईश्वर पोखरेलको हातबाट थानकोटका दुर्गालाल श्रेष्ठको घरमा रातभरको प्रशिक्षण पस्चात मध्यरातमा गर्वका साथ प्राप्त गरेको पार्टी सदस्यता न १७४७ त्याग गर्ने निर्णय गरेको छु । पर्यटन क्षेत्र र क.सुर्य थापा प्रती आभारी छु । क.अष्टलक्ष्मी शाक्य र नागार्जुनका नेता कार्यकर्ता र मतदाताहरु प्रती आभारी छु । मेरो कसैसग अस्वस्थ प्रतिस्पर्धा रहने छैन । कसैप्रती ईष्र्या र गुनासो रहने छैन । जिम्मेवारीबाट भाग्ने होईन, फरक र सशक्त जिम्मेवारीसाथ सधै उपस्थित रहिरहने छु । युवाहरूलाई नेतृत्वमा ल्याउन र स्थापित गराउन प्रयत्न गर्ने छु,धन्यवाद ।
२०७८ भदौ १०