सरकार ,अख्तियार ,काङ्ग्रेस र गच्छदार,
किरण गिरी
बर्तमान सरकारले आफ्ना कामकारबाही र गतीबिधी स्वच्छ , निस्पक्ष ,पारदर्शी र संस्थागत बनाउने प्रतिबद्धता सहित आफुलाइ अगाडी बढाउनु पर्ने अनिवार्य दाइत्व हो । हरेक परिस्थितिमा उसले संबिधान , कानुन र संसदीय मर्यादा अनुरुप नै आफुलाइ स्थापित गराउनु पर्दछ । पछिल्ला दिनहरूमा सरकार यती होल्डिङ को पक्षमा ज्यादा उभिएको आभास भैरहेको छ । नवीकरण को समयाबधी पुरा नहुदै गोकर्णको जग्गा २५ बर्सकोलागी यती होल्डिङ लाइ भाडामा दिने निर्णय गर्नु लाइ आम जनताले स्वाभाविक रुपमा लिएका छैनन । झन भर्खरै बिस्णु पौडेल र कुमार रेग्मीको ललिता निवास बालुवाटार को जग्गा रातारात सरकारिकरण गरेर सरकार बिबादास्पद बन्न पुगेको छ । सरकारले अख्तियार लाइ प्रभावित पारीरहेको छ बन्ने नेपाली कांग्रेस को आरोप तथ्य नजीक पुगेको महसुस सर्बत्र गरिदै छ ।सुशासन र भ्रष्टाचार नियन्त्रणमा बर्तमान सरकारले आम नेपाली जनता लाइ संतुष्ट पार्न सकी रहेको छैन । झन स्थानीय तहले जनतामाथी ब्यापक कर थोपार्नु र स्थानीय तहमा ब्यापक भ्रष्टाचार भएको महालेखा को प्रतिबेदनमा नै उल्लेख हुनु लाइ बर्तमान सरकार को राम्रो सूचकांक को रुपमा लिन सकिदैन । प्रतिबेदन र सर्बेक्षणहरुमा प्रदेश नं।२ मा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको कुरा सार्बजनिक भैरहेका छ्न ।
(अख्तियार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भर्खरै ललिता निवास बालुवाटार जग्गा फिर्ता प्रकरणमा नेपाली काङ्ग्रेसका उप सभापति बिजय कुमार गच्छेदार , अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेत सहित १७५ जना विरुद्ध बिशेश अदालतमा मुद्दा दायर गरेको छ ।यसले आम जनतामा बिधीको शासन प्रती बिश्वास जगाएको छ र गल्ती गर्ने जो कोहिलाइ कुनै पनी समय संबिधान र कानुन अनुसार कारबाही हुन्छ भन्ने भरोसा जगाएको छ । यो स्वागत र समर्थन योग्य हो ।पुर्ब प्रधानमन्त्री हरु माधब कुमार नेपाल र डा।बाबुराम भट्टराई र पुर्ब मुख्य सचिव लीलामणि पैडेल लाइ अनुसन्धान को दायरामा नल्याइनु एबं बिस्णु पौडेल र कुमार रेग्मी लाइ मुद्दा नचलाइनु लाइ आम जनताले आशंका र संसयको रुपमा हेरिरहेका छ्न । यस सम्बन्धमा भने सरकार र अख्तियार ले मुलुक र जनता लाइ जवाफ दिनै पर्दछ । निर्णय गर्ने र गराउने प्रधानमन्त्री र मुख्य सचिव दोषी नदेखिनु र प्रस्ताव लाने मन्त्रीहरु लाइ दोषी ठहर गरी मुद्दा चलाउनु लाइ कसरी लिने रु कानुनको नजरमा सबै बराबर हुनु पर्ने होइन र यसले आम जनसमुदायमा गंभीर संसय र आशंका पौदा गरेको छ । सायद यही मुद्दा लाइ आधार बनाएर नेपाली कांग्रेस ले बिगत केहिदिन देखी प्रतिनिधि सभाको बैठक अबरुद्ध गरिरहेको छ ।
(नेपाली कांग्रेस)
नेपाली कांग्रेस ले गच्छेदार प्रकरणमा अख्तियारले पक्षपात पुर्ण , राजनीतिक पुर्बाग्रहा र प्रतिशोध पुर्ण निर्णय गर्यो भन्ने आरोप लागाउदै बिगत ३ दिन देखी लगातार संसद प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्दै आइरहेको छ । यसले कांग्रेस लाइ कती नाफा घाटा हुन्छ रु त्यो उसैले जान्नेकुरा भयो । एउटा संबैधानिक अंगले गरेको निर्णय र अदालत प्रबेश गरी सकेको बिषयलाइ लिएर अब संसद अबरोध गरीरहनु कांग्रेस को आदर्श र संसदीय मुल्य ( मान्यता बिपरित भने भने पक्कै हुने छ ।
कांग्रेस सच्चीएर अगाडि बढ्नु जरुरी देखिन्छ । नेपाली कांग्रेस गौरबशाली प्रजातान्त्रिक र संसदीय इतिहास र चम्किलो र भरपर्दो भबिस्य बोकेको पार्टी हो । यसले आफु संयमित र मर्यादित हुदै अगाडि बढाउनु अत्यावश्यक छ ।सभामुख अग्नी प्रसाद साप्कोटाले भन्नु भए झै एउटा संबैधानिक अंगले गरेको निर्णय र अदालत मक प्रबेश गरीसकेको विषय अब संसद बाट निरुपण हुन सक्दैन । तपाई हरुको पर्याप्त कुरा दुइदिन सुनी सकियो , अब संसद सुचारु गर्न मद्धत गर्नुस । संबिधान र नियमावली ले अदालत मा प्रबेश गरेको विषय संसदमा छलफल गर्न मिल्दैन । हुन त नेपाल को संसदीय इतिहासमा ५७ दिन संसद अबरुद्ध भएको इतिहास छ । त्यो अबरुद्ध गर्ने तत्कालीन एमाले अहिले नेपाल कम्युनिस्ट पार्टी नै हो ।
(बिजय गच्छेदार)
नेपाली कांग्रेस का उप सभापति बिजय कुमार गच्छेदारले गल्ती गरे वा गरेन त्यो निरुपण अब सम्मानित अदालतमा नै हुने छ । उनले आफ्ना कुरहरु अदालत समक्ष राख्नु उपयुक्त हुने छ । उनले आफ्नो समयका प्रधानमन्त्री लाइ पनी अनुसन्धान को दायरामा ल्याउन सम्मानित अदालत लाइ सहयोग गर्न सक्ने छ्न । अख्तियार ले पैदा गरेका आशंका र संसयलाइ अदालत बाट नै थप अनुसन्धान र छानवीन गराउन सक्रिय रहनु यती बेला गच्छेदार र नेपाली कांग्रेस दुबैको प्रमुख दाइत्व हो ।कांग्रेस र तरुण दल अनी नेबिसंग लाइ अख्तियार प्रकरणमा सडकमा धकेल्दा बिजय गच्छेदार लाइ फाइदा पुग्छ पुग्दैन भन्न सकिदैन तर नेपाली कांग्रेस लाइ भने यसले ठुलो नोक्सानी पुर्याउदछ ।यतिबेला संबिधानको सफलता पुर्बक कार्यान्वयन गर्दै मुलुक लाइ दिगो बिकास र समृद्धि तर्फ लैजानु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी कै दाइत्व हो । सरकारको कार्यशैली र रबैया पनी अरिंगाल जस्तो दुस्ट र आक्रमक होइन माहुरी को जस्तो प्रतिफलमुखी ,संयमित र संतुलित हुनु पर्ने देखिन्छ ।
२६ माघ ,२०७६
लेखक (राप्रपा संयुक्तका केन्द्रीय प्रबक्ता हुन)