किरण गिरी (विचार,ब्लग)
आज यो आलेख लेखिरहदा संसारभर ७४ हजार भन्दा बढी मानिस कोरोना भाइरसका कारण मृत्यु भै सकेको छ भने नेपालमाका ९ जना समेत गरी विश्वमा १३ लाख भन्दा बढी मानिस कोरोना भाइरस बाट संक्रमित भैसकेका छ्न भने २ लाख भन्दा बढी संक्रमित भएकाहरु निको पनि भैसकेका छन् । आज विश्व लाई कोरोना भाइरसले आक्रान्त बनाएको छ ।
हामी गत ११ गते देखि लक डाउनको अबस्थामा छौ । लक डाउन को १४ औ दिन ब्यतित भैसक्दा चैत्र २५ गतेबाट पुनस्च ८ दिनको लक डाउन को अबस्था लम्बिीएको छ ।
नेपालमा कोरोना भाइरस हबाइजहाज चडेर आइसकेको छ । अब बस चडेर यो भाइरस नेपालीको घरदैलो मा पुग्दै छ । त्यसलाइ रोक्नको लागि पनि लक डाउन जरुरी थियो र अझै केही हप्ता जरुरी छ ।
लक डाउन को मर्यादा र नियममा बस्नु यतिबेला हामी सबैको पहिलो र अनिवार्य कर्तब्य हो । आफ्नो र आफ्नो परिवार भबिस्य को लागि पनि लक डाउन को कठोर मर्यादा मा बस्नु हाम्रो परम दाइत्व हो । जुन पूरा गर्नु हामी सबैको कर्तव्य पनि हो ।
स्वस्थ मन , स्वस्थ दिमाग र स्वस्थ शरीर नै हाम्रो अमुल्य धन हो । यसलाइ जोगाउदै आफ्नो परिवार र समाजको संरक्षण एबं संबर्धन गर्नु नै हाम्रो दाइत्व हो ।
कोरोना भाइरस ले पारेको र पार्न सक्ने क्षतीका कारण नेपाल लगायत विश्व को राजनीतिक र आर्थिक अबस्था ५० औ बर्ष पछाडी धकेलिएको अनुमान सहजै गर्न सकिन्छ । यसले पारेको र पार्न सक्ने धन जनको क्षतिले इटली ,फ्रान्स ,अमेरिका ,चिन ,बेलायत भारत जस्ता शक्ति रास्ट्र लाई ठूलो नोक्सानी पुर्याएको छ भने नेपाल जस्तो बिकासोन्मुख देश लाई बेलैमा सचेत नभए ठुलै क्षेती पुराउन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
नेपालले यतिबेला अत्यन्त ठुलो साबधानी अपनाउनु जरुरी देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धि र भबिस्यको लागि बर्तमान सरकार ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस , संसदीय दल लगायत संबिधान प्रतिबद्ध अन्य राजनीतिक दल , राज्यको चौथो अंग प्रेस र नागरिक समाज बिच सार्थक सहमति र सहकार्य अत्यन्त आबस्यक छ ।
इतिहासकै अत्यन्त गंभीर ,जटील र संबेदनशिल आजको अबस्थामा आम नेपाली जनता सालिन , दृढ , धैर्यवान बन्नु जरुरी रहन्छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस बिचको सार्थक सहमति र सहाकार्य मुलुकको आबस्यकता हो । आजको संकटले फेरि त्यो सहमती खोजेको छ ।
देसले २०४६ साल , ०६२६३ को आन्दोलन ,संबिधान सभाको निर्बाचन , ऐतिहासिक संबिधान सभा बाट नेपालको संबिधान २०७२ घोषणा ,तिनै तहको निर्बाचन पछि संघीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत बिकास जस्तै राजनीतिक सहमती र सहकार्य आजको अनिवार्य आबस्यकता देखिएको छ ।
लेखक किरण गिरी पत्रकार एबं राप्रपाका पुर्ब प्रबक्ता हुनहुन्छ ।