फोर्ड नेपालले नयाँ फिगो २०२१ सार्वजनिक भएको छ। आइतबार फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त गाडी सार्वजनिक गरेको हो।नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सले फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ।गाडीमा ६ स्पीड टर्क कन्भर्टरको १.२ लिटर टिआइभिसिटी पेट्रोल इन्जिन जडित छ। जसले ९६ पिएस पवार र ११९ एनएम टर्क जेनेरेट गर्छ। गाडीमा सुरक्षाको लागि ६ एयरब्याग, ट्रयाक नियन्त्रण प्रणाली (टिसिएस), हिल लन्च असिस्ट जस्ता विशेषताहरू छन्। यसको टाइटेनियम भेरियन्टमा १५ इन्चको अलोय ह्विल, एड्जस्टेबल ड्राइभर सिट, ७.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, म्यानुअल एसीलगायत विशेषताहरू छन्।
नयाँ फोर्ड फिगोमा डाइमन ह्वाइट, रुबी रेड, मुनडस्ट सिल्भर, स्मोकी ग्रे र ह्वाइट गोल्ड रंगमा बजारमा उपलब्ध छ। कम्पनीले नयाँ फोर्ड फिगोको टाइटेनियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकेको छ।