श्रीकृष्ण बस्नेत (विचार,ब्लग)
चीनको हुवेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको २०८ देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हाल सम्म ९ जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १ जनामा यो निको भईसकेको छ । नेपालमा पनि कोभिड–१९ को संक्रमण स्थानिय रुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको छ । हाल सम्म यस नागार्जुन नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन जुन खुशीको कुरा हो ।
विश्वव्यापी महामारीेको रुपमा घोषणा गरिसकेको कोभिड–१९ ले विश्व नै आक्रान्त भई विश्वको सामाजिक, आर्थिक, धार्मिक तथा राजनैतिक क्षेत्रमा व्यापक असर परिरहेको अवस्थामा नेपाल पनि अलग रहन सकेको छैन । यस्तो परिस्थितिलाई थेग्न सक्ने गरि कुनै पनि देश तयारी अवस्थामा नरहेको हुनाले यसबाट मृत्यु हुनेको संख्या अत्याधिक बढी रहेको छ । भुसको आगो जस्तो फैलिरहेको यस संक्रमणलाई ध्यानमा राखी केहि सावधानीका प्रयासहरु भइरहेको थियो तर विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गते बाट दुई हप्ताको लागि लकडाउन गर्दै आईरहेकोमा थप ८ दिनलाइ थपि बैशाख ३ गते सम्मलाइ लकडाउन गर्ने निर्णय गरेको छ ।
आफ्नो जनतालाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यस नागार्जुन नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिसकेको छ ।
माननीय उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल ज्यूको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको २०७६÷१२÷०५ मा बसेको बैठकले गरेको सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्दै नगरपालिका भित्रका जनताहरुलाई उच्च सतर्कता अपनाउन समय समयमा अपिल गरिरहेको छ । जनतालाई सेवा सुविधा उपलब्ध गराउन अग्रपत्तिंmमा रहेको यस नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत ज्यूको अध्यक्षतामा २०७६÷१२÷१६ मा प्रदेश सभासद श्री केशव पोखरेल तथा श्री प्रकाश श्रेष्ठ लगायत वडा अध्यक्ष, नगरसभा सदस्य एवं नगरपालिका कर्मचारीहरुको संयुक्त बैठकले नगर उप प्रमुख श्री शुसिला अधिकारी ज्यूको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनैतिक दल, स्वास्थ्यकर्मी तथा कर्मचारी संलग्न एक नगर स्तरीय बजार अनुगमन समिति निर्माण ग¥यो । त्यस्तै वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको छ ।
नगरबासीलाई पर्न सक्ने समस्या, गुनासो तथा आवश्यक जानकारी तथा परामर्श सेवा दिन हट लाईन सम्पर्क नं. को समेत व्यवस्था गरिएको छ । नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन विहान ६–१० बजे सम्म किराना, तरकारी तथा खाद्यान्न पसल खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेका छन् । विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भिडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले बारम्बार २० सेकेन्ड सम्म मिचिमिचि हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफु र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत नगरपालिकाले सूचना जारी गरी लागु गरिएको छ ।
नागार्जुन नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यमा केन्द्रित रहि यसै नगरपालिका वडा नं. ८ स्थित भिमढुगां स्वास्थ्य चौकीमा ९ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ भने वडा नं. १ मा रहेको सहरी विकास विभागबाट निर्मित भवनमा ३० बेडको क्वारेन्टिन वार्ड बनाउन प्रदेश सरकारसंग अनुरोध भई काम आगाडी बढी रहेको छ । नगरपालिका भित्रका मुख्य मुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन जिवाणु नाशक औषधि छर्कने काम सम्पन भईसकेको छ । वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि ज्यूहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिन नगरप्रमुख ज्यूले विभिन्न बैठकहरुमा निर्देशन दिनु भएको छ । नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृत श्री कृष्ण प्रसाद सापकोटा ज्यूले पनि प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानी पूर्वक नियमित कामहरु गर्न अनुरोध गर्नु भएको छ । नगरवासीको सुरक्षाको लागि नगरपालिका अत्यन्तै संवेदनशिल रहि आएको छ । आवश्यक पर्ने सेवा सुविधा, राहत वडा कार्यालयहरुवाट प्रभावकारी रुपमा प्रवाह भइरहेको छ । नगरवासीमा अत्यावश्यक समयमा आवश्यक पर्दा प्रयोग गर्न नगर प्रमुख तथा उप प्रमुखज्यूले प्रयोग गरेका सवारी साधनलाई प्रयोग गर्न सकिने समेत निर्णय गरेर उदाहरणीय काम गरेको छ ।
यस नगरपालिकामा गएको एक महिना भित्र विदेशबाट आउनु भएका ८३ जना व्यक्तिहरुको १ देखि १० वडाबाट तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदै संकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढि रहेको छ । स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसंग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन सामाजिक संजाल तथा बैठकहरु मार्फत कोरोना विरुद्धको लडाईमा एक्यबद्ध हुन नगरपालिकाले आग्रह गर्दै आईरहेको छ ।
लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नगर कार्यपालिकाले २०७६÷१२÷१६ गतेमा गृह मन्त्री राम बहादुर थापा वादल ज्यूको अध्यक्षतामा आपूर्ति व्यवस्थालाई सहज बनाउन बसेको बैठकको निर्णय बमोजिम वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, चिउरा लगायतका खाद्यान्न वडा स्तरमा वितरण कामको थालनी भइसकेको छ । नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको छ ।
कोरोना विरुद्धको लडाइमा थुप्रै उदाहरणीय कार्य गर्दै आउनु भएका नगर प्रमुख बस्नेतले यदि कोहि कोभिड–१९को संक्रमणबाट उपचार गर्नुपर्ने भएमा सम्पूर्ण खर्च नगरपालिकाबाट सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ । साथै सामाजिक सुरक्षा भत्ता पाईरहेका व्यक्तिहरु लगायत सुत्केरी महिलालाई नेपाल सरकारले लकडाउन गरेको मिति देखि लागु हुने समय अवधी सम्म विरामी भई उपचार गराउनु पर्दा रु. ५००० सम्म रकम सहयोग गर्ने हितकारी काम गर्नु भएको छ ।
अवका दिनहरुमा पनि यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न नगरपालिका कटिबद्ध रहेको छ । कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती हेलचक्रयाई नगरी सचेत नागरिक बन्नु पर्ने बेला आएको छ । यस कोभिड–१९ कोभिड–१९संक्रमणबाट मानव जातीलाई विभिन्न पाठहरु सिक्ने मौका समेत मिलेको छ ।
लेखक श्रीकृष्ण बस्नेत नागार्जुन नगरपालिका कार्यक्रम संयोजक हुनहुन्छ ।