मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप स्थानीय तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ।
काठमाडौंका कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन र काठमाडौं महानगरपालिकाका वडा नं १३, १४ र १५ का कर्मचारीहरुलाई कलंकी मालपोत कार्यालयबाट मालपोत सम्बन्धी तालिम प्रदान गरि अधिकार स्थानीय तहमा हस्तान्तरण गरेको हो । उक्त स्थानीय तहका कर्मचारीलाई प्रदान गरिएको तीनदिने जग्गा प्रशासन र भूसेवा सम्बन्धी तालिमको शुक्रवार सामापन गरिएको छ ।

शुक्रवार समापन कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहोनबहादुर बस्नेतले संविधानमा भएको अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने काम कलङ्की मालपोत कार्यालयले शुरु गरेको बताउनुभयो । नगर प्रमुख बस्नेतले मालपोतको काम स्थानीय तहमा हस्तान्तरण हुनु केन्द्रमा भएको अधिकार जनताको घरआँगनमा पुगेको बताउनुभयो । उहाले भन्नुभयो,"सिंहदरवारको अधिकार अब जनताको घरआँगनमा पुग्यो"।
उहाँले मालपोतको अधिकार क्रमिक रुपमा स्थानीय तहहमा हस्तान्तरण गर्ने कार्य शूरुवात गरेकाले सबै स्थानीय सरकारको तर्फबाट सरकारलाई धन्यवाद दिनुभयो । संविधानको परिकल्पना अनुसार मालपोतको काम स्थानीय तहमा हस्तान्तरण गर्ने काम शूरु भएको हो । नगर प्रमुख बस्नेतले तालिममा सहभागि सबैलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज आर्यलले जग्गा प्रशासन र भूसेवा सम्बन्धी अधिकार स्थानीय तहमा पठाउने कलङ्की मालपोत पहिलो भएको दाबी गर्नुभयो । सरकारको नीति र कार्यक्रम यस कलङ्की मालपोत कार्यालयले कार्यान्वयन गर्ने काम शूरुवात गरेको उहाँले बताउनुभयो ।
तीनदिनसम्म चलेको तालिममा सहभागितहरुले मालपोत सम्बन्धी काम सिक्ने अवसरले मिलेको बताउनुभयो । मालपोत कार्यालयको प्रशासनीयक काम जटिल प्रकृतिको हुने भएकाले स्थानीय तहलाई हस्तान्तरण गर्नुपूर्व स्थानीय तहका कर्मचारीलाई सेवा प्रवाह गर्नकाका लागि तयार पार्न तालिम प्रदान गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहीअनुसार हस्तान्तरण गर्नुपूर्व स्थानीय तहका कर्मचारीलाई सेवाका लागि तयार पार्न सबै मालपोत कार्यालयलाई विभागले निर्देशन दिएको छ।मालपोतको काम एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्दा कानूनी तथा प्राविधिक कठिनाई हुने भएकाले कर्मचारीलाई अभिमुखीकरण गरेर मात्र क्रमशः हस्तान्तरण गर्ने तयारीस्वरुप तालिम शुरु गरिएको हो।
