काठमाडौं, कात्तिक ३० गते । नागार्जुन नगरपालिकाको प्रथम नागार्जुन मेयरकप फुटवल प्रतियोगितामा नागार्जुन नगरपालिका वडा नं. ७ ‘ए’ विजयी भएको छ । शनिवार सम्पन्न हसन्टारमा भएको मैत्रीपूर्ण खेलमा वडा न. ६‘ए’ र ७ ‘ए’ बीच प्रतिपस्धा भएको थियो ।
फाइनल प्रतियोगितामा वडा नं. ७ ‘ए’ ले दुई गोल गरि विजयी भएको हो । उक्त खेलमा वडा नं. ६ ‘ए’ ले भने एक गोल मात्र गर्न सफल भएको थियो ।
आजको खेलमा म्यान अफ दी म्याच वडा नं. ७ ‘ए’ का पुजन नाराल भएका छन भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी निरभ खड्का भएका छन ।
विजयी वडा नं. ७ का टिमलाई एक लाख पाँच हजार नगद प्रदान गरिएको छ भने द्धितिय हुने वडा नं. ६ लाई भने ५५ हजार नगद प्रदान गरिएको छ । विजयी टिमलाई कदरपत्र प्रदान गर्दै नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विजयी टीमलाई बधाइ दिनुभयो । उहाँले खेलले व्यक्तिको जीवनमा अनुसशान कायम गर्ने भन्दै नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापोकाटले खेलमा सिद्धान्तलाई व्यवहारमा उर्तान सके मानव जीवन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।युथ हसन्टार क्लबले आयोजना गरेको मेयर कप फुटवल प्रतियोगिता कात्तिक १६ गतेदेखि शुरु भएको थियो ।