१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) मा आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ ।
आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएकी छिन् ।