काठमाडौको नार्गाजुन नगरपालिकाले २७० बेडको अक्सिजन सहितको सुविधा सम्पन्न अत्याधुनिक आईशोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । आज विहान एक कार्यक्रमका विच उक्त आइशोलेशन सेन्टरको उद््घाटन गरिएको हो ।सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहन बस्नेत, उप-प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका जनप्रतिनिधि लगायतको उपस्थितमा २७० बेडको आइसोलेशनमा अवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।नगरले आफ्नो लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा बाकी बेड गरि जम्मा २७० बेडको आइसोलेशन संचालनमा ल्याइएको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिएका छन् ।आईशोलेशनमा बस्ने नगरबासीहरुलाई नगरपालिकाले निशुल्क खानको व्यवस्था समेत गरेको छ । आईशोलेशन सेन्टर निमार्णका लागी नेपाल चार्टर एकाउन्टेन संघले अक्सिजन लगायतका समाग्री खरिदका लागी बिशेष सहयोग गरेको नगरपालिकाले जनाएको छ। सोमबार नगरपालिकाले कार्पेट, तकिया, तन्ना, ब्याङ्केट, चप्पल, बिरामीले लगाउने गाउन, थर्मश, टावेल, मञ्जन, नुहाउने साबुन, पलोमिटर ५० ÷ ५० थान र पल्सअक्सिमिटर दश थान नगर प्रमुख मोहनबाहदुर बस्नेत र नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आइसोलेशन सेन्टरलाई हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख बस्नेतले घरमा बस्दा स्वास्थ्य समस्या भएका व्यक्तिलाई आइसोलशेन राख्न आइसोलेशन सेन्टर निर्माण गरिएकाले आइसोलेनमा आएर सेवा लिन आग्रह गरे । उनले नगर क्षेत्रका मात्र नभएर जहाँका पनि कोरोना सङ्क्रमितले आइसोलेशनमा आएर सेवा लिन सक्ने भएकाले मानविय सेवाका लागि बनाएको आइसोलेशनमा सबैलाई खुल्ला गरिएको बताए । नगर प्रमुख बस्नेतले भने, ‘दुःखको समयमा सबै नेपालीले एक आपसलाई सहयोग गरी कोरोनालाई परास्त गर्न सकिन्छ, यस्तो मानविय कार्यमा सबैले मिलेर सयहोग गरौं ।’नगरपालिका उपप्रमुख सुशीला अधिकारीले नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोग जारी रहने बताइन । उनले भनिन् यो आइसोलेशनमा नगरका ५० जनालाइ विशेष प्रथामिकता दिईएको छ भने बाकी बेडमा देशभरबाट समस्यामा परेकालाई सुबिधा दिने भएका छौं । पहिला पनि ३० बेडको आइसोलेशन सेवा दिदा सबै प्रकारका सेवा सुबिधा नगरले उपलब्ध गराएको थियो ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले कोभिडका बिमारी बस्न सुविधा सम्पन्न आइसोलेशन संचालन गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले नागार्जुन नगरपालिकाको यो एउटा सानो काम भएपनि निकै महत्त्वपूर्ण र आम जनमानसको लागी आवश्यक रहेको धारणा व्यक्त गरे ।

१०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन नगर तयार रहेको समेत जानकारी गरेका थिए । उक्त आइसोलेशनमा बिमारीको लागि गुणस्तरीय स्वास्थसेवा सहितको सुविधा रहेको समेत युवा नेता पौडेलले दाबी गरे ।नागार्जुन -१ का वडाध्यक्ष रामचन्द्र लामाले युवा नेता प्रदीप पौडेलले आफ्नो तर्फबाट धेरै सहयोग गरेको बताएका छन् । दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २७० बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरेको जानकारी दिए । वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत जनएका छन् ।