नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत किसानहरूको आवश्यकतालाई मध्यनजर गर्दै बहुवर्षे योजनाअन्तर्गत बेर्ना/सेट्स/स्लिप निःशुल्क वितरण गर्ने भएको छ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै मिति २०८३ असार १५ गतेदेखि किसानलाई आवश्यकताअनुसार उक्त सामग्री वितरण गरिने जनाएको हो। कृषि उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन तथा व्यावसायिक खेतीको विस्तार गर्ने उद्देश्यले वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

सूचनाअनुसार बेर्ना/सेट्स/स्लिप आवश्यक पर्ने किसानहरूले कार्यालय समयभित्र नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गरी निःशुल्क सामग्री प्राप्त गर्न सक्नेछन्। वितरण कार्य किसानको आवश्यकताका आधारमा गरिने उल्लेख गरिएको छ।
नगरपालिकाले सम्बन्धित किसानहरूलाई समयमै सम्पर्क गरी उपलब्ध गराइने सुविधाको लाभ लिन आग्रह गरेको छ। यस कार्यक्रमले स्थानीयस्तरमा कृषि उत्पादन वृद्धि, आयआर्जनमा टेवा पुग्नुका साथै व्यावसायिक कृषिप्रति किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ।
नगरपालिकाले थप जानकारीका लागि सुरेखा कुमारी चौधरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। यसका लागि ९८४२८५९३०८ र ९८२३३५२५६६ नम्बर उपलब्ध गराइएको छ।
नागार्जुन नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न अनुदान, तालिम, प्रविधि हस्तान्तरण तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटकको निःशुल्क बेर्ना/सेट्स/स्लिप वितरण कार्यक्रम पनि सोही अभियानको निरन्तरताका रूपमा हेरिएको छ। नगरपालिकाले योग्य तथा आवश्यकतामा रहेका किसानहरूलाई समयमै उपस्थित भई उपलब्ध गराइने सामग्रीको सदुपयोग गर्न आग्रह गरेको छ।