लाम्थुम्की खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन
काठमाडौँ, नेपाल - नागार्जुन नगरपालिका वडा नं. ४ लाम्थुम्की टोलमा रहेको लाम्थुम्की खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ।
सभाले निर्बिरोधरूपमा अध्यक्षमा श्री खिला नाथ दाहाल, उपाध्यक्षमा श्री नवीन निश्चल थपलिया, सचिबमा श्रीमती कमला न्यौपाने, सह-सचिबमा श्री सुर्दशन ढुंगाना, कोषाध्यक्षमा श्रीमती सुजाता अधिकारी, सह-कोषाध्यक्षमा श्री जीवन भट्टराई, सदस्यहरुमा श्रीमती ज्ञानुका देबी अधिकारी, श्रीमती भबानी रेग्मी र श्री रबिन्द्र मर्हजन निर्वाचित भएका छन्।
अध्यक्ष श्री खिला नाथ दाहाल र सचिब श्रीमती कमला नयौपाने तेस्रो कार्यकाल सम्म पनि निर्बिरोधरुपमा निर्वाचित हुनु भएको छ भने बाकी पदाधिकारी एबं सदस्यहरुको भने नयाँ आगमन भएको हो।
बागमती प्रदेशकी पुर्ब मुख्य मन्त्री श्री अष्ट लक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न लाम्थुम्की खानेपानि तथा सरसफाई उपभोक्ता समितीको उक्त साधारण सभा कार्यक्रममा ना.न.पा वडा नं ४ का पूर्व अध्यक्ष करुण कुमार बलामी, हालका वडा अध्यक्ष लक्ष्मीराम शर्मा, बिभिन्न खानेपानीका अध्यक्षहरु, भक्तपुर डिभिजन खानेपानी कार्यालयका इन्जिनियरहरु, समाजसेवीहरु तथा समितिका सदस्यहरुको बिचमा भब्य तथा सभ्य रूपमा सम्पन्न भएको थियो।