नागार्जुनमा PABSON र NPABSANका विद्यालयहरूको शैक्षिक आन्दोलन: नगरपालिकामा ज्ञापनपत्र बुझाइयो ।
नागार्जुन नगरपालिका अन्तर्गत रहेका PABSON (प्राइवेट एण्ड बोर्डिङ स्कूल्स असोसिएशन नेपाल) र NPABSAN (निजी तथा आवासीय विद्यालय संगठन नेपाल) का विद्यालयहरूले शैक्षिक आन्दोलनको घोषणा गर्दै आज नगरपालिकामा कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नागार्जुन प्याब्सनका कार्यवाहक अध्यक्ष डी. बी. ढकाल र नागार्जुन नेशनल प्याब्सनका अध्यक्ष श्री चन्द्र क्षेत्रीको नेतृत्वमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू उपस्थित थिए । उनीहरूले निम्न मागहरू राखेका छन्:
1. *"निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइन्छ छ"* भन्ने वाक्यांश हटाउनुपर्ने ।
2. *"पूर्ण छात्रवृत्ति"* भन्ने शब्द हटाउनुपर्ने ।
3. हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको *१०% छात्रवृत्ति* दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने ।
4. छात्रवृत्तिका अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क *कायम हुनुपर्ने* ।
विद्यालयका प्रतिनिधिहरूले यी मागहरू पूरा गर्न माग गर्दै ज्ञापनपत्रमा जोड दिएका छन् कि निजी विद्यालयहरूको शैक्षिक वातावरण र छात्रवृत्ति नीतिमा सुधार गर्नु आवश्यक छ । उनीहरूको भनाइ छ कि यस्ता परिवर्तनले विद्यालयहरूको कार्य प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको हितमा काम गर्नेछ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीले ज्ञापनपत्र स्वीकार गर्दै मागहरूको अध्ययन गरी उचित निर्णय लिने प्रतिबद्धता व्यक्त गरेकी छन् । यस आन्दोलनले नागार्जुनका निजी विद्यालयहरूको शैक्षिक सुधार र नीतिगत परिवर्तनको दिशा निर्दिष्ट गर्ने विश्वास गरिएको छ ।