अपाङ्गता दिवस २०८२ को अवसरमा “अपाङ्गता समावेशी समाजको प्रवर्धन: सामाजिक उन्नतिको सम्बर्धन” भन्ने राष्ट्रिय नारा तथा अन्तर्राष्ट्रिय नारा “Fostering Disability Inclusive Societies for Advancing Social Progress” को साथ अपाङ्गता भएका व्यक्तिहरूका लागि कानूनी सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई कानूनी अधिकार, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा र रोजगारी सम्बन्धी सरकारी व्यवस्थाबारे जानकारी गराउनु र उनीहरूको सामाजिक समावेशीकरण सुनिश्चित गर्नु रहेको थियो। कार्यक्रममा स्थानीय तहका अधिकारी, सामाजिक संघसंस्था, अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागीहरूलाई नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, नियमावली, नीति तथा अन्तर्राष्ट्रिय संझौताबारे विस्तृत जानकारी दिइएको थियो। यसले उनीहरूलाई आफ्नो अधिकार पहिचान गर्न र आवश्यक सेवाहरू प्राप्त गर्न मार्गदर्शन गरेको छ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूले आफ्ना दैनिक जीवनका चुनौतीहरू साझा गर्दै कानूनी सचेतनाले उनीहरूलाई अधिकारको वास्तविक प्रयोग गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। सहभागीहरूले स्वास्थ्य, शिक्षा, पूर्वाधार पहुँच र रोजगारीको क्षेत्रमा अझ बढी पहुँच सुनिश्चित गर्न स्थानीय तह र सरोकारवालासँग निरन्तर समन्वय आवश्यक रहेको बताए।
स्थानीय प्रशासनका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि पूर्वाधार पहुँचयुक्त बनाउने, रोजगारी र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता सुनिश्चित गर्ने लगायतका योजनाहरू अगाडि बढाइने जानकारी दिएका छन्।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास अभिवृद्धि गर्दै समाजमा उनीहरूको सहभागिता र अधिकारको व्यवहारिक कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले भविष्यमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेर अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अन्तरक्रियात्मक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई कानूनी अधिकारप्रति सचेत बनाउन, सामाजिक समावेशीतामा जोड दिन र स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधाको पूर्ण उपयोग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
