नागार्जुन नगरपालिकामा सामुदायिक विद्यालयहरूबीच सामूहिक लोक नृत्य प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति र परम्परागत नृत्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितामा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको सहभागिता रहनेछ।
कार्यक्रमको आयोजना श्री जन उद्धार माध्यमिक विद्यालय ले गर्ने भएको हो। कार्यक्रमलाई नागार्जुन नगरपालिकाले सौजन्य प्रदान गरेको छ। प्रतियोगिता संयोजन सुरेन्द्र बसेल (प्रोप्राइटर, बसेल क्रियशन प्रा. लि.) ले गर्ने जनाइएको छ।
प्रतियोगिता २०८३ जेठ ३१ गते आइतबार बिहान ११:३० बजेबाट सञ्चालन हुनेछ। कार्यक्रम स्थल श्री जन उद्धार माध्यमिक विद्यालय, हरिसिद्धि–सीतापाइला, काठमाडौंमा रहनेछ।
नगरपालिकाका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, सामुदायिक विद्यालयबीच आपसी सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न समेत कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले परम्परागत लोक नृत्य प्रस्तुत गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
सहयोगी संस्थाहरूमा Kathmandu Subha A LION लगायतका संघ–संस्थाहरूको समेत सहकार्य रहने जनाइएको छ।