विश्व जगतमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट रोकथाम गर्न र आफ्नो जनतालाई यसको जोखिममबाट बचाउन नागार्जुन नगरपालिका वडा नं. ८ ले खेल्नुपर्ने भुमिका सबैको सहयोगमा समन्वयात्मक तरिकावाट उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । नागार्जुन नगरपालिकाको समय सापेक्ष निति, निर्देशन तथा निर्णयहरुको पालना गर्दै २०७६/१२/२९ गते नगरप्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा वसेको वैठकले Covid 19 Crisis Management Center–Operations( CCMC) कार्यलय एंव समिति गठन गरियो ।
वडा तहमा कोरोना नियन्त्रण समन्वय समिति गठन गर्ने निर्णय गर्न २०७७/०१/०३ गते नागार्जुन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुक्र वहादुर तामाङको अध्यक्षतामा बैठक बस्यो । वडा अध्यक्ष संयोजक रहने गरी वडा सदस्यहरु, सुरक्षा निकाय, टोल सुधार समिति, स्थानिय संघ संस्था रेडक्रस तथा बजार व्यवस्थापन सहितको २१ सदस्यीय कोरोना नियन्त्रण समन्वय समिति गठन गरीयो । कोरोना नियन्त्रण समन्वय समिति गठन पश्चात यस समितिले गर्नु पर्ने काम, कर्तव्य र जिम्मेवारी वारे छलफल गरी निर्देशित कामहरुको थालनि गर्ने सर्व समत निर्णय भयो ।
कोरोना भाईरसको संक्रमणबाट वडा वासिलाई जोगाउन आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन, खाद्यान्न आपुर्ति, सचेतना कामहरु गरीरहेको वडा अध्यक्ष तामाङले जानकारी गराउनु भयो । काममा खटिने नागरीक समाज, कर्मचारी र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी समेतको सुरक्षाको प्रबन्ध मिलाई मनोवल उच्च कायम गरी प्रोत्साहन गर्न ना.न.पा वडा नं. ८ का अध्यक्षले आफनो दायित्व र जिम्मेवारी संम्झी कामहरु भैरहेको बताउनु भयो ।
विदेशवाट आएका व्यक्तिहरुको निगरानी, तथ्याङ्क संकलन गर्ने र कामको सिलसिलामा यस वडामा बसोबास गरीरहेका श्रमीक, ज्यालादारी कामदार, कोठा वासीहरुको तथ्याङ्क अधावधिक गर्न समिति तयार रहेको विचार उक्त वैठकका सहभागी रामेश्वर प्रसाद भट्टराईले बताउनु भयो । सुरक्षा निकायको तर्फबाट बोल्दै यस वडा,२ वटा जिल्लाको नाका भएको हुदा थप सुरक्षाकर्मी आवश्यक रहेको जानकारी गराउनु भयो ।
नागार्जुन नगरपालिका कार्यक्रम संयोजक श्रीकृष्ण बस्नेतले कोरोना भाईरसको संक्रमणबाट बच्न वडा स्तरमा संचालन गर्न सकिने बिभिन्न उपायहरुको वारेमा समितिलाई बताउनु भएको थियो । कार्यक्रम संयोजक बस्नेतले खाद्यान्न खरिदको समयमा राहत वितरण कार्य, बैठक संचालन जस्ता कामहरुमा गर्नु पर्ने सामाजिक दुरी, माक्सको अनिवार्य प्रयोग, सावुन पानीले मिचिमिचि हात धुने, सेनिटाइजरको प्रयोग गर्ने विषयमा सचेते हुनुपर्ने विषयमा जोड दिनु भयो ।
बैठकमा कारोना भाईरसको कारणले हुने खाद्य संकटलाई ध्यानमा राखि वडामा भएका खालि जग्गाहरु वा खेतवारीहरुमा वा घर वरिपरी तरकारी, फलफुल र खाद्यान्न व्यक्तिगत वा सामुहिक रुपमा लगाउन प्रोत्साहन गर्ने र विउ विजन वितरणको लागी नगरपालिकाको कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरीयो । वडा भित्र २०७६÷०१÷०३ सम्ममा विपन्न, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी परिवार गरी १०८ परिवारलाई राहत सामाग्री वितरण गरिसकेको जानकारी वडा सचिव प्रवला श्रेष्ठले जानकारी गराउनुभयो र बाकी परिवारहरुमा राहत वितरणको लागी आवश्यक तयारी भईरहेको बताउनु भयो ।
लक डाउनको पूर्ण पालना गरी सिमित व्यक्तिहरुको परिचालन र जनप्रतिनिधिहरुको सहयोगमा सामाजिक दुरी कायम गर्दै गाँउ टोल स्तरमा नै राहत सामाग्री पु¥याई वितरण गरीएको राहतले वडा वासिलाई थोरै भएपनि छाक टार्न मद्दत गरेको भन्दै वडा कार्यलयलाई स्थानीय वासीहरुले धन्यवाद व्यक्त गरेका थिए ।