होटल रोयल सिंगीको आयोजना र माल्टा ईन्टरनेसनलको व्यवस्थापनमा मिति २०७६ आश्विन २ र ३ गते विवाह सम्बन्धि प्रर्दशनी विवाह उत्सव हुने भएको छ । रोयल सिंगी होटलमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म चल्ने उक्त विवाह उत्सव कार्यक्रममा विवाहलाई साकार रुप दिन एकै छानामुनि सम्पूर्ण आधुनिक सुविधा सहितको व्यवस्थापन गरिने आयोजकले बताउनु भएको छ । आयोजकका अनुसार यस उत्सवले विवाह सम्बन्धि आवश्यक सम्पूर्ण प्रक्रियालाई एकत्रित गरि प्रदर्शन गर्न सकिने छ जसमा पहिलो प्रक्रियाका रुपमा विवाहको कार्ड छपाई गर्ने देखि अन्तिममा विवाहको फोटो, विवाहको उद्धेश्य, विवाहलाई उत्सवको रुपमा कसरी मनाईन्छ र विवाह सम्पन्न गर्न के कस्तो श्रोत आवश्यक पर्छ भनि प्रदर्शन गरिने छ र कुनै पनि बेहुला बेहुलीले बिना कुनै झन्झट र दौडधुप आफ्नो बैवाहिक समारोहलाई अनगिन्ति फरक अनुभवका साथ सजिलैसँग हरेक आवश्यक कुराहरुको व्यवस्था सहित सम्पन्न गर्न सकिने छ भन्ने कुरा रोयल सिंगी होटलका सेल्स म्यानेजर श्रीधर खनाल बताउनुभयो ।
विवाह सम्बन्धि कार्यक्रम मात्र नभई यस कम्पनीले स्वयम्वर, पाश्नी, मेहेन्दी, संगीत, जन्ति, वार्षिक उत्सव इत्यादीको व्यवस्थापन गर्न कुशल र अनुभवी भएको जसले नेपालका मुख्य शहर नगरकोट, बुटवल, पोखरा, चितवन आदी ठाँउका अतिरिक्त विदेशमा बैंकक तथा ईन्डोनेसियाको बालीमा समेत यस्ता कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ ।