नागार्जुन न.पा वडा नं ६ ले २०७८-०१-२७ गते देखी २०७८-०१-३१ गते सम्म वडा नं ६ भरी हिड डुल गर्न बन्देज लगाइएको छ साथै उक्त दिनमा वडा नं ६ भरी औषधी पसल बाहेक कुनै पनि किसीमको पसलहरु खोल्न पाइने छैन । वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीद्धारा हस्ताक्षरित जारी गरिएको पत्रमा भनिएको छ "ना.न.पा वडा नं ६ मा कोरोनाको जोखिम समुदाय स्तरमा अत्याधिक रुपमा बढ्दै गइहेको र हालसम्म ७ जनाको मृत्यु भइसकेको र लगभग १५० भन्दा बढी ब्यक्तीहरु संक्रमित भइसकेका हुनाले यो निर्णय गर्नु परेको हो" साथै मनिङ् वाक र इभिनिङ् वाकमा पनि पूृर्ण रुपमा बन्देज लगाइएको छ यदि यो निर्णय नमानेर नियम तोडेमा संक्रमण रोकथाम नियन्त्रण ऐन २०२० एवं जिल्ला प्रशासन कार्यलय काठमान्डौको सुचना बमोजिम कारबाही गरिने वडा कार्यलयले जनाएको छ ।
केही दिन अघि पनि वडा कार्यलयले औषधी पसल खुल्ला तथा तरकारी र डेरी पसल बिहान ६ बजे देखी ९ बजे सम्म खुल्ने तथा सम्पूर्ण किसीमका पसलहरु बन्द गर्ने भन्ने निर्णय गरेता पनि यहाका वडाबासीहरुले उक्त निर्णय उल्लङ्घन गरी सम्पूर्ण किसीमका पसलहरु खुल्लै राखेका थिए ।