Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:२७:२४ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्थानीय गतिविधी
  • Home
  • स्थानीय गतिविधी
  • ना.न.पा ०६ मा बन्ने मानवसेवा आश्रम निर्माणका लागि सम्झौता सम्पन
ना.न.पा ०६ मा बन्ने मानवसेवा आश्रम निर्माणका लागि सम्झौता सम्पन
64x64
मगलवार, आश्विन १९, २०७८ Nagarjun Post

सडकमा आश्रित सहयोगापेक्षी मानिसहरुलाई आश्रय प्रदान गर्ने उद्देश्य सहित ‘शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण’का लागि सम्झौता भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक लगानी रहने गरी आश्रम भवन निर्माण र सञ्चालनका लागि महानगरपालिका, नागार्जुन नगरपालिका र मानवसेवा आश्रम बिच त्रिपक्षीय सम्झौता गरिएको हो । सीतापाइलास्थित नागार्जुन नगरपालिकाको कार्यालयमा सोमबार सम्पन्न सम्झौतामा महानगरका तर्फबाट महानगर प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनबहादुर बस्नेत र आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभयो । सो अवसरमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सहित अन्य जनप्रतिनिधिहरु, नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी सहित जनप्रतिनिधहरु, महानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सहित महानगरका अधिकारीहरु एवम् नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर,वडा अध्यक्षहरु,कर्माचारीहरु तथा आश्रमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुुहँुदै महानगर प्रमुख शाक्यले भवन निर्माणमार्फत दीर्घकालीन प्रभाव पार्ने गरी मानवसेवाको क्षेत्रमा जोडिन पाउनु गौरवको विषय भएको बताउनुभयो । महानगरले यस अघि पनि सहयोगापेक्षी व्यक्तिहरुलाई आवश्यक्ता अनुसारको सहयोग उपलब्ध गराउँदैआएको साथै सडकमानवमुक्त समाज निर्माणका लागि आफूहरु प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । यसैगरी महानगरपालिकाकी उपप्रमुख खड्गी श्रेष्ठले मानवसेवाका क्षेत्रमा महानगरपालिकाले गरेका कार्यहरुबारे चर्चा गर्नुहुँदै यस्ता कार्यलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख बस्नेतले तेतीसकोटी देवता रहेको देशमा यस्तो महान कार्यले राष्ट्रियता र नेपालीपन उजागर गर्नुका साथै मानवताको भावना बिकास हुने बताउनु भयो साथै यस्ता कार्यले एकछाक खाएर भए पनि अरुको छाक टार्नसक्नु पर्छ भन्ने भावनाको विकास हुने पनि बताउनुभयो । मानव सेवाका लागि महानगरले पुयाएको योगदान अत्यन्त महत्वपूर्ण रहेको र नगरपालिकाले समेत यस्ता कार्य गर्दैआएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाकी उप-मेयर शुशिला अधिकारीले मानव सेवा आश्रमले गरेको कार्यप्रति धन्यवाद व्यक्त गर्दै भोलिका पुस्ताको लागि यस्तो कार्यले राम्रो सन्देश जाने पनि बताउनुभयो । त्यस्तै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि बेसाहारा भएर बस्न नपरोस् भनेर यो महान कार्यको थालनी गरिएको बताउनुभयो । उँहाका अनुसार यो बन्न लागेको मानव सेवा आश्रमको १० औँ भवन हो । यो कार्यमा सहयोग गरिदिनुभएकोमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिका प्रति कृतज्ञ रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीले सम्झौताप्रति खुशी व्यक्त गर्नुका साथै यसको प्रभावकारी कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा समेत सहकार्य गरिनु पर्ने बताउनुभयो । सम्झौताका लागि यस अघि महानगरपालिकाको गत असोज १२ गतेको र नगरपालिकाको असार २१ गतेको कार्यपालिका वैठकले निर्णय गरेको थियो । १६ बुँदे सो त्रिपक्षीय सम्झौता पत्रका व्यवस्थाहरु बारे जानकारी गराउनुहुँदै महानगरका सूचना अधिकारी समेत रहनु भएका कानून तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले महानगरपालिकाले भवन निर्माण, आवश्यक फर्निचर तथा सजावट सहितको सम्पूर्ण कार्यका लागि आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यस्तै, नागार्जुन नगरपालिकाले आश्रम भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने छ ।

भवन निर्माण पश्चात मानव सेवा आश्रमले त्यसको सञ्चालनमार्फत सेवा प्रवाह गर्नेछ । भवन निर्माणका लागि नगरपालिकाले वडा नम्बर ६ डाडा गाउ स्थीत वागीश्वरीमा १८ रोपनी जग्गा उपलब्ध गराएको छ । नगरपालिका कार्यालयबाट ३ किलोमिटर दुरीमा रहेको वागीश्वरी डाँडाँको सो सार्वजनिक जग्गामा भवन निर्माण गरिँदैछ । सम्झौता पश्चात महानगरका प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ सहितका प्रतिनिधिहरु प्रस्तावित जग्गाको अवलोकनमा जानुभएको थियो ।


प्रकाशित मिति: मगलवार, आश्विन १९, २०७८, ०८:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago