राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गतको प्रदेश सभा ‘ख’ बाट २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
नागार्जुन न.पा वडा ५ निवासी कार्की राप्रपाको क्षेत्र नम्बर ९ ‘ख’को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत हुन्। राप्रपाको हालसम्म निर्वाचित भएका महाधिवेशन प्रतिनिधि मध्ये कार्की सम्भवतः सबैभन्दा कान्छा प्रतिनिधि हुन्।
‘राप्रपालाई पुरानो र बुढाहरुको पार्टी भन्छन्। तर म जस्ता धेरै युवा यसपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छौं,’ कार्कीले भने ‘अब राप्रपा युवाहरुको पार्टी हो, पार्टीमा युवा आकर्षण बढ्दो छ।’