Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०७:५७:४२ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्थानीय गतिविधी
  • Home
  • स्थानीय गतिविधी
  • नागार्जुन ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले आफ्नो कार्यकालमा गरेका सम्झिन लायक कार्यहरु,स्थानीय भन्छन्,"बिकासको मूल फुटाउने वडा अध्यक्ष"
नागार्जुन ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले आफ्नो कार्यकालमा गरेका सम्झिन लायक कार्यहरु,स्थानीय भन्छन्,"बिकासको मूल फुटाउने वडा अध्यक्ष"
64x64
आइतवार, फाल्गुन २९, २०७८ Nagarjun Post

करिब ४ वर्ष अगाडी भएको स्थानीय चुनाबबाट नागार्जुन ३ को वडा अध्यक्षमा जनताबाट निर्वाचित भएर प्रेमलाल श्रेष्ठको आगमन भएको हो । पार्टीगत रुपमा उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनि वडा अध्यक्ष भएर आउनु अगाडी नागार्जुन ३ को अवस्था फरक थियो । भत्किएको सडक, भूकम्पबाट जिर्ण मन्दिरहरु, अव्यवस्थित ढल, खानेपानीको असुविधा यस्ता अनेक समस्याले उनलाई पर्खिरहेको थियो । उनले हिम्मत गरे र निर्वाचित भए लगतै नागार्जुन ३ को जनतालाई आफ्नो ४ वर्षे कार्यकालमा नागार्जुन ३ को मुहार फेर्ने बाचा गरे । यहि अठोटका साथ उनि आफ्नो जिम्मेवारी तर्फ अगाडी बढे । हुन त ४ वर्षको समय हेर्दा धेरैलाई लामो लाग्न सक्छ तर विकासको निम्ति यो पर्याप्त समय भने होइन । उनि विकासको लागि अग्रसर भएर अगाडी बढ्दै थिए त्यसै बीच कोभिड(१९ भाईरसको जोखिम आयो। कोरोना भाईरसले संसारलाई नै आफ्नो कब्जामा लिइरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । थुप्रै महिना लकडाउन भयो धेरैलाई पिडा भयो यसको असर वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ माथि पनि पर्यो । उनले सुरु गरेका योजना रोकियो समय अगाडी बढ्दै गयो र करिब डेढ वर्षको समय कोरोनाले आफ्नो चपेटमा लियो । बिस्तारै समय पुरानै शैलीमा फर्कन थालेपछि प्रेमलाल श्रेष्ठले फेरी आफ्नो काम अगाडी बढाए ।


नागरिकको मूल समस्या भनेको सडक हो । अहिलेको समयमा पनि नागार्जुन जस्तो काठमाडौँ उपत्यका भित्र भएको ठाउँमा पनि सडक सुविधा राम्रो थिएन । तर वडा अध्यक्ष प्रेम लाल श्रेष्ठले यहि कुरालाई बुझेर सडक विस्तार, बाटो ढलान, ढल व्यवस्थापन र कालोपत्र यी सबै कामलाई अगाडी बढाए ।नागार्जुन नगरपालिका वडा नं। ३ मा भएका विकास निर्माण र भौतिक पूर्वाधारका काम यस्ता रहेका छन् । इचंगुनारायण देखि रामकोट भिमढुंगा सडक ९ मिटरको मापदण्ड कायम गरि बनिरहेको अवस्था छ । सारुङ डाडा नया ट्रयाक निर्माण सम्पन्न भईसकेको छ । त्यस्तै चिसापानी पुरानो तामाङ बस्ति जाने बाटो ढलान पनि सम्पन्न भईसकेको छ ।यस्तै पुरानो नेवार बस्ती बाटो ढलान सम्पन्न, ढोलंगे उड्डयन पार्क जाने बाटो ढलान सम्पन्न, इचंगुनारायण सिर्जनामार्ग बाटो ढलान बाटो सम्पन्न, वीर भगवती बाटो ढलान सम्पन्न, जुंगे खोला नया बस्ती जाने बाटो ढलान सम्पन्न, आदेश्वोर देखि इचंगुनारायण मूल सडक जोड्ने बाटो निर्माण सम्पन्न, जयन्ती टोल जाने बाटो ढलान सम्पन्न, जयन्ती चोक जाने बाटो ढलान सम्पन्न, गैरी टोल जाने बाटो ढलान सम्पन्न, रातोमाटे हाईट रेटेनिङ वाल लगाउने एवं बाटो ढलान सम्पन्न भईसकेको छ ।

यस्तै घाट निर्माणको काम पनि सकिसकेको छ । साथै हल्चोक गैरी बाटो चलन एवं कालोपत्र सम्पन्न, हल्चोक पुरानो बस्ती जाने बाटो ढलान एवं रेटेनिङ वाल लगाउने काम सम्पन्न, हल्चोक पुरानो बस्तीलाई ऐतिहासिक ठाउँ घोषणा गर्दै बस्ती विस्तारको लागि सहजीकरण गर्ने काम समेत भएको छ । यस्तै लालीगुराँस मार्ग बाटो ढलान, एकधारा बाटो ढलान, रोपवे मार्ग बाटो ढलान कालोपत्र, डाईमण्ड मार्ग बाटो कालोपत्र एवं ढल व्यवस्थापनको काम, ज्योति मार्ग बाटो ढलान, एकधारा देखि मिना डेरी चोक सम्म ढल विस्तारको कामहरु समेत सम्पन्न भईसकेको छ ।त्यसै गरी बुद्ध चोक देखि पाँचधारा सम्म बाटो ढलान, पाँचधारा भात्खालो बाटो ढलान, एकता टोल बाटो ढलान तथा ढल व्यवस्थापन, नमुना टोल बाटो ढलान, जुगु मार्ग बाटो ढलान, तीनधारा बाटो ढलान, गैरी गाउँ पुरानो बस्ती जाने बाटो ढलान, शान्ति मार्ग बाटो ढलानको कामहरु पनि सम्पन्न भैसकेको छ । यी सबै बाटोको काम समेट्ने हो भने नागार्जुन वडा नं। ३ भित्र करिब ३० किलोमिटर बराबरको बाटोको काम भैसकेको छ । यस्तै करिब १५ किलोमिटर नया ट्रयाक खोल्ने काम भएको छ ।


अनेकन समस्याको बाबजुत उनले आफ्नो वडामा थुप्रै विकासको कामलाई सम्पन्न गरिसकेका छन् । उनले आफ्नो कार्यकालमा जिर्ण अवस्थामा रहेको प्रसिद्ध इचंगुनारायणको मन्दिरको निर्माण सम्पन्न गरे । यस्तै उनले आफ्नो कार्यकालमा भ्यू टावर, धनकुमारी मन्दिर, धनकुमारी खानेपानी, पाँचधारा खानेपानी डिप बोरिङ र इचंगुनारायण खानेपानी डिप बोरिङको काम सम्पन्न गरे । यस्तै उनले नागार्जुन ३ मा करिब ९ मिटरको मुल सडक निर्माणको काम पनि सम्पन्न गरे । साथै तामाङ गुठी भवन, विष्णुदेव मन्दिर, वीरभगवती मन्दिरको निर्माण पनि शुरु गरे । यस्तै नागार्जुन ३ भित्र करिब ३५ किलोमिटरको पक्कि सडकको काम उनले सम्पन्न गरे । त्यो संगै उनले करिब १० किलोमिटरको नया ट्रयाक निर्माणको काम पनि सम्पन्न गरे । यस्तै उनले २ वटा सामुदायिक भवन, इचंगुनारायण संग्रहालय निर्माण र मूल सडकको ३ वटा पुल निर्माण कार्य पनि सम्पन्न गरिसकेका छन् । उनले सहरी विकास योजनाको डि।पी।आर पनि तयार गरेर राखेका छन् । यस्तै थुप्रै काम उनले आफ्नो कार्यकालमा नागार्जुन ३ भित्र सम्पन्न गरेका छन् । उनले आफुले सोचेको थुप्रै योजना समयको अभाव र बजेटको समस्याले सुरु गर्न नसकेको समेत बताएका छन् ।यो हिसाबले सडक र भौतिक पूर्वाधारको हिसाबले नागार्जुन ३ मा अत्याधिक मात्रामा काम भएको देखिन्छ । वडा अध्यक्ष प्रेमलाल श्रेष्ठको पहल र नागरिकको सहयोगबाट यो काम पूर्ण भएको जानकारहरु बताउछन् । नागार्जुन ३ मा भएको उल्लेखनीय कामको अरु वडा संगै अरु नगरपालिकामा समेत चर्चा हुने गरेको छ ।वडा अध्यक्षको सम्मान व्यवहारका कारण नागरिक मात्र नभएर प्रतिपक्ष पार्टीका मानिसहरु पनि उनिबाट खुशी छन् । ४ वर्ष कार्यकाल पुरा गर्दा उनले आफुले जनतालाई बाचा गरेको काम मध्य अझै केहि काम गर्न नसकेको स्वीकार गर्दै फेरी जनताले मौका दिए अर्को कार्यकालमा उक्त काम पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।


उनको यो भनाईले पनि उनि अब हुने स्थानीय निर्वाचन फेरी वडा अध्यक्षमा नै दोहोरिने कसरत गर्दैछन् भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । प्राप्त जानकारीलाई आधार मान्ने हो भने उनि चुनाबी तयारीमा लागिसकेका छन् । उनले ४ बर्षमा आफुले गरेका कामको जनताले राम्रो ढंगले मुल्यांकन गर्ने बिश्वास समेत राखेका छन् ।तर जुन किसिमको माहोल यति बेला वडा नं। ३ मा बनेको छ त्यस हिसाबले त्यहाको जनताको मनमा प्रेम लाल श्रेष्ठलाई नै पुनः एकपटक वडा अध्यक्षमा दोहोर्याउने संकेत देखिएको छ । केहि स्थानीयको भनाईलाई जिकिर गर्ने हो भने प्रेम लाल श्रेष्ठको कामको मुल्यांकन वडाका बासिन्दाले गरिसकेका छन् फेरी पनि उनकै जित पक्का छ ।आजको अवस्थालाई मान्ने हो स्थानीय तहको चुनाब हुने निश्चित छ । यता वडा अध्यक्ष प्रेम लाल श्रेष्ठले भने चुनाबको बारेमा अहिले नै खुलेर बोल्न चाहेनन् । उनि भन्छन – ‘परामर्श गर्दै छु नागरिकबाट नै मेरो मुल्यांकन भयो भने म फेरी आउनेछु’ ।

 

 

 


प्रकाशित मिति: आइतवार, फाल्गुन २९, २०७८, ०९:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago