नागार्जुन नगरपालीका वडा नं ६ फस्कुमा नेपाली काङ्ग्रेस नागार्जुन कार्य समितिद्वारा संचालित एक दिवसिय संगठन सुदृढीकरण र नेतृत्व बिकास विषयक प्रशिक्षण कार्यक्रम र नगर स्तरीय भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा,विशेष अथिती ने.का केन्द्रिय सदस्य ध्यान गोबिन्द रन्जित,प्रमुख प्रशिक्षक ने.का केन्द्रिय सदस्य तथा योजना आयोगका पुर्बउपाध्यक्ष डा.गोबिन्द राज पोखरेल, ने.का बागमती प्रदेशका उपशभापति तथा नागार्जुन न.पा का मेयर मोहन बाहादुर बस्नेत ,ने.का नेता दामोदर गौतम,७ र ९ ने.का क्षेत्रीय शभापतीहरु,जिल्ला सदस्यहरु,क्षेत्रीय पदाधिकारी तथा सदस्यहरु , ने.का प्रदेश शभा क्षेत्र न ७,८,९ ख का प्रदेश सभापती तथा पदाधिकारी र सदस्यहरु,ने.का. नागार्जुन न.पा दसवटै वडा सभापति,पदाधिकारी तथा सदस्यहरु,नागार्जुन नगरपालीका वडा नं ६,७,८,९ र १० का अध्यक्षहरु तथा वडा सदस्यहरुको उपस्थीतीमा नागार्जुन न.पा माओबादी केन्द्र पार्टीका उपाध्यक्ष तुलसी थापा मगर र माओबादी पार्टी ना.न.पा ४ का संयोजक आमोस श्रेष्ठको नेतृत्वमा १३४ जना नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।


उक्त कार्यक्रममा बोल्दै नागार्जुन न.पा. का मेयर मोहन बाहादुर बस्नेतले नेपाली काङ्ग्रेस पार्टी जे बोल्छ तेही गर्ने पार्टी रहेको बताउनु भयो साथै उहाले नेपाली काङ्ग्रेसमा बिश्वास गरेर पार्टीमा प्रवेश गर्नेहरुलाई नेपाली काङ्ग्रेस पार्टीले संरक्षण गर्ने पनि बताउनुभयो उक्त कार्यक्रमको अबसर पारेर मेयर बस्नेतले आगामी स्थानीय निर्बाचनमा पुन एक पटक नागार्जुन नगरपालीकाको मेयर पदमा उम्मेदारी घोषणा गरेका छन् । उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काङ्ग्रेसका सम्पुर्ण कार्यकर्ता तथा नेताहरुलाइ अब गाउ गाउ जाउ काङ्ग्रेस जिताउ अभियानमा लाग्नु पर्ने बताउनु भयो साथै उहाले कम्युनिष्ट पार्टीलाइ भोट दिएर जिताउदा पनि पार्टी पार्टी बिच द्धन्द र टकराव मात्र हुने हुदा अब सिधै काङ्ग्रेसलाइ भोट दिएर जिताउन अनुरोध गर्नुभयो ।
