काठमाडौं नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसले वडा नं १ बाट विजयी सुरुवात गरेसंगै वडा नं १० बाट दोस्रो जित पनि हात पारेको छ जसमा १० बाट नेपाली कांग्रेसका सुन्दर केसी विजयी भएका छन्।।नागार्जुन वडा नं १० को सम्पन्न मगतगणनामा कांग्रेसका वडाध्यक्ष उम्मेदवार सुन्दर केसीले ९८२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजु केसीले ५६१ मत प्राप्त गरेका छन्। नागार्जुन १० बाट कांग्रेसका उम्मेदवार केसी २०७४ को चुनाब संगै यो पटक पनि पुन विजयी भएका हुन् ।