काठमाडौंको नागार्जुन नगरपालिका वडा न ९ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार रामकृष्ण भट्टराईले अग्रता लिइरहेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको सोमबार दिउसो १ बजेसम्म गणना गरिएको मत परिणाम अनुसार कांग्रेसका भट्टराई ५ सय ८२ मतसहित अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लव केसी ४ सय २२ मतसहित भट्टराईलाई पछ्याइरहेका छन्।