काठमान्डौ,२०७९ असार ३०,विद्या भट्टराई
नागार्जुन नगरपालिका वडा नं- ८ भीमढुङ्गामा गएराति चितुवाको आक्रमणबाट घाइते भइ मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइ रहेका एकै घरका ४ जना सदस्यहरूको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतद्धारा स्वास्थ्य अवस्थाको बारेमा बुझि सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निजहरूको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च नागार्जुन नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आज बिहान घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न नागार्जुन नगरपालिका कर्माचारीहरु लेखा शाखा प्रमुख आनन्द खड्का र योजना उप-शाखा प्रमुख नारायण तिमील्सीना सहित मनमोहन मेमोरियल अस्पताल पुग्नु भएका नगर प्रमुख मोहन बहादुर बस्नेतले घटना प्रति दुख ब्यक्त गर्दै सम्पूण घाइतेहरुको उपचार खर्च नागार्जुन नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित दर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गरेको थियो ।