११३ औ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नागार्जुन नगरपालिकाद्धारा कार्यपत्र प्रस्तुतिकरण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना भएको छ । लैङ्गिक समानताको बलियो आधार र्सनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने मुल नाराका साथ सुरु गरेको उक्त कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं. ५, ७, ८ र १० का वडा अध्यक्ष, वडा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु र ना.न.पा का कर्मचारीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षकहरु डा.केदार रायमाझी र वरिष्ठ अधिवक्ता सुनिता रेग्मीद्धारा ना.न.पा का १० ओटैँ वडाका महिला समूहका प्रतिनिधिहरुलाई सकारात्मक सोच,उत्कृष्ट जिवनका लागि भन्ने विषयमा महिला दिवसको सान्र्दभिकता, महिला अधिकार र कानुनी व्यवस्थाको बारेमा लगभग ३ घन्टा प्रशिक्षण पनि दिइएको थियो । उक्त कार्यक्रममा बोल्दै ना.न.पा वडा नं ५ का अध्यक्ष तथा प्रवक्ता महेश रिमालले प्रत्येक वडाका महिला समूहले उदेश्य मूलक, उत्पादन मूलक कार्यक्रमहरु गर्न सक्नुभयो भने अझ तीन महिना बाकी रहेको र उक्त कामको लागि हामी जनप्रतिनिधिहरु सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै उपमेयर शुसिला अधिकारीले महिलाहरु अब चुलोचौकोमा मात्रै सिमित नभई बाहिर आउनृपर्ने भन्दै कानुनले अधिकार दिएको छ र तपाईहरुले यस्तो गर्न पाइन उस्तो गर्न पाइन भनेर नभन्नुस् अघि बढ्नुस् तपाईहरुलाई सहयोग गर्न हामी तयार छौ भन्दै उँहाले ना.न.पा का महिला समूहहरुले गर्नुभएको विभिन्न साना तथा घरेलु व्यवसायहरु अचार बनाउने, चप्पल बनाउने, माला बनाउने, लगाएतका कामहरुको तारिफ पनि गर्नुभयो । कार्यक्रमको उद्घोषण ना.न.पा महिला तथा बालबालिका शाखा प्रमुख सिता सोतीले गर्नुभएको थियो ।