नागार्जुन नगरपालीकामा कर्माचारीहरुको व्यापक रुपमा हेरफेर गरिएको छ,नागार्जुन नगरपालीकामा कर्माचारी समायोजन प्रकृयासंगै व्यापक रुपमा कर्माचारीहरु हेरफेर गरिएको हो। नगरपालीकामा कार्यरत २० औ वर्ष पुराना र स्थापित भएका कर्माचारीहरु मध्ये नारायण प्रसाद तिमिल्सिनालाई वडा नं ४ वडा सचिवमा,भुवन गिरीलाई वडा नं १ को वडा सचिवमा र राजेन्द« प्रसाद गौतमलाई वडा नं ९ को वडा सचिवमा खटाइएको छ । मिति २०७६ कार्तिक २९ गतेको निर्णयले १४ जना कर्माचारीहरु एकै पटक मसिंर १ गतेबाट लागु हुने गरि सरुवा गरिएको सुचना नागार्जुन नगरपालीको बिशेष शुत्रबाट नागार्जुन पोष्टलाई प्राप्त भएको छ ।