अग्निनियन्त्रक किशोरकुमार भट्टराईको ‘यो हो आगो’ गीत सार्वजनिक भएको छ। नेपालमै पहिलोपटक आगोसम्बन्धी गीत बनेको रचनाकार भट्टराईले जानकारी दिए। उनले यसमा आगोसम्बन्धी जानकारी समेटिनुका साथै हाम्रो जीवनमा आगोको उपयोगिताका बारेमा पनि जानकारी दिइएको बताए। आगलागि कसरि हुन्छ र यसबाट वच्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने सन्देश बोकेको गित बजारमा आएको छ।किशोर कुमार भट्टराईको शब्द,चन्दन श्रेष्ठको सङित,किरण कडेलको एरेन्ज रहेको उक्त गितमा यमन श्रेष्ठको स्वर रहेको छ।बरिस्ठ कलाकार मह मदन कृष्ण श्रेष्ठ,हरि बङ्श आचार्यका साथै सुशील पोखरेल,यमन श्रेष्ठ,किशोर कुमार भट्टराई लगायतले उत्त भिडियोमा अभिनय गर्नु भएको छ।राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको उत्त भिडियो लाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन ।काठमाडौ दमकलका पूर्वप्रमुख समेत रहेका किशोरकुमार भट्टराईले भन्नुभयो अहिलेसम्म नेपालमा आगोसम्बन्धी कुनै गीत बनेका रहेनछन्,दुई वर्षअघि शब्द रचना गरेको थिएँ, अहिले मौका मिलेर बनाउन पाइयो।’गीतमा उनले मानव जीवनमा आगोको महत्वबारे जानकारी गराएका छन्।
उनले यसमा आगोबारे दुवै गुण समेटिएको बताए। विशेषगरी आगोका दुई गुणबारे चर्चा गरिएको छ। पहिलो, मित्र आगो र दोस्रो शत्रु आगो,’ उनले थपे, ‘मित्र आगो जो हाम्रो जीवनमा जन्मेदखि मृत्युसम्म उपयोगमा आउँछ,अर्को शत्रु आगो जसले मानव जीवन र प्रकृतिलाई नष्ट पार्नसक्छ।’आगोको सही उपयोग र यसबाट विनास निम्तिन नदिनका लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराइएको उनले बताए।

गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले गीतमा जनचेतनामूलक विषयवस्तु समावेश गरिएको जनाए। ‘हामीले धेरै जनचेतामूलक गीत–संगीत र अन्य कार्यक्रम प्रस्तुत गरे पनि आगोको विषयमा काम गर्न सकेका थिएनौं। आगोलाई मित्र मात्र ठान्ने गरेका थियौं, शत्रुका रूपमा कहिल्यै पनि नदेखेका कारणले होला त्यससँग सम्बन्धित कुनै पनि कार्यक्रम बनाएनांै। शब्दको संरचना र विषयवस्तु राम्रो भएकाले मैले पनि अभिनय गरेको छु’, मदनकृष्णले भने– ‘म मात्रै होइन हरिलाई पनि बोलाएर सँगै अभिनय गरेका छौं।’ आफूले यही गीतको सुटिङको दौरानमा फायर मोटरसाइकल हुँदोरहेछ भनेर जानकारी पाएको प्रसंग उल्लेख गर्दै श्रेष्ठले भने– ‘ठूलो गाडीले भन्दा पनि बाइकले आगलागी नियन्त्रण गर्न मद्दत पुग्ने विषय गीतमा समेटिएको छ।
उनको यो हो आगो गीत ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको छ।

https://youtu.be/y9ZXEDEZcWU