नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको भ्रमण गर्ने तय भएको छ ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङ भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ ।