महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले माइकिङ सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।‘यसअघि हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्यौँ,अनुरोध गर्यौँ तर, उहाँहरुले विवरणसम्म पनि बुझाउनु भएन,’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भने।