काठमाडौंका चार नारायण मध्येको कान्छो नारायण इचंगुनारायण मन्दिरबाट मूर्तिहरू चोरी भएका छन्।मंगलबार नागार्जुन नगरपालिका-३ स्थित मन्दिरमा राखिएका मूर्तिहरू चोरी भएको वडा नं ३ का प्रेमलाल श्रेष्ठले जानकारी दिए।सानो खालका राधा-कृष्णका चार थान मुर्ती चोरी भएको उनले बताए। दुई थान राधा र दुई थान कृष्णका ती मूर्तिहरू ढलौटका थिए।सुन चाँदी हराएका छैनन्।दुई तलाको मन्दिरमा तल्लो तलामा इचंगुनारायणको मूर्ति छ। माथिल्लो तलाको झ्यालबाट पसेको प्रहरीले जनाएको छ।ग्रिल पनि फोडेको रहेछ। एक तला सकेपछि छानो छ र छानो मुनि एउटा सानो झ्यालजस्तो दुलो छ।
त्यहाँबाट छिरेर तल आएर चोरी गरेको प्रहरीको भनाइ छ। स्थानीयहरूले भनेअनुसार स-साना राधाकृष्णको चार थान मुर्ति हराएको देखियो।
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बुधबार बिहान पूजारी जाँदा मूर्ति नदेखेपछि चोरी भएको थाहा पाएको बताए।‘उहाँले भनेपछि हामी पनि बिहान मन्दिरमा गएका थियौं, झ्याल फोडेर मूर्ति चोरेको रहेछ,’ उनले भने। बस्नेतको सम्झनामा उक्त मन्दिरबाट मूर्ति चोरी भएको यो तेस्रो पटक हो। २०-२५ वर्षअघि पनि मन्दिरबाट मूर्ति चोरी भएको थियो। त्यतिबेला प्रहरीले चोरलाई समातेको पनि थियो। १० वर्षअघि फेरि मूर्ति चोरी भए,’ मेयर बस्नेतले भने, ‘त्यतिबेला चोर पक्रिन सकिएन। ८-१० वर्षअघि नयाँ मूर्ति राखिएको थियो।’बहुमूल्य धातु नभए पनि लिच्छिवीकालीन मन्दिर भएकाले मूर्तिको बजार मूल्य धेरै हुने भएकाले चोरले लिएको हुन सक्ने उनले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मूर्ती चोरीका घटनाहरु अहिले धेरै देखिन थालेको छ केही समय अघि सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको पनि मूर्ति चोरी भएको थियो तर पछि भेटिएको थियो ।