युथ हसन्टार क्लबको आयोजनामा यही आउदो कार्तिक १६ गतेबाट प्रथम मेयर कप फूटबल प्रतियोगिता नागार्जुन नगरपालिका–७,हसन्टार फूटबल मैदानमा सुरु हुने भएको छ।खेल कार्तिक २ गतेबाट शुरु हुने भनिएतापनि केहि प्राविधिक कारणले गर्दा कार्तिक १६ गतेबाट गर्न लागिएको क्लबका अध्यक्ष विश्वकर लामाले नार्गाजुन पोष्ट लाइ बताउनु भयो ।
यो बिचको समयमा खेल मैदान सुधार गर्ने कार्यहरु भएका थिए । युथ हसन्टार क्लबको आयोजनामा सपन्न हुन लागिएको यस फुटवल प्रतियोगितालाई कसरी भव्य र सभ्य बनाउने तयारी भइरहेको आयोजकले बताए ।
यसै बिच खेलको टाईसिट र समूह बिभाजनको सुचना पनि आईसकेको हुनाले सहभागी टिमहरुलाई सम्पर्क गर्नु हुन आयोजकले जानकारी दिएको छ ।