युथ हसन्टार क्लबको आयोजनामा भएको प्रथम मेयर कप फूटबल प्रतियोगितामा नागार्जुन न पा वडा ५ ले ना.न.पा वडा ४ लाइ पेनाल्टी शुटआउटमा ५-४ ले हराएको छ ।
हसन्टार फूटबल मैदानमा सुरु हुने भएको पहिलो खेलमा वडा नं ५ विजयी भएको छ ।
नागार्जुन न पा वडा नं ७ हसन्टारको स्थानीय चौरमा मा भएको पहिलो अन्तर वडा मेयर कप फुटवल प्रतियोगिता आज देखि शुरु भएको छ ।
नागार्जुन नगरपालिको आर्थिक सहयोगमा शुरु भएको उक्त प्रतियोगितामा
नागार्जुन नगरपालिका भित्रका १० वटा वडाका १९ वटा टिमको सहभगिता रहेको छ ।
फुटवल खेलको उद्घाटन कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत,उप–मेयर शुशिला अधिकारी लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै मेयर मोहन ब बस्नेतले नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन, खेलकुद प्रेमिमा हौसला प्रदान हुने बताउँदै यस प्रतियोगिताका लागि नगरपालिका र आफुले प्रतियोगिताका लागि सक्दो सहयोग गर्ने बताए ।
आज सम्पन्न उद्घाटन खेलमा वडा नं ५ ले वडा नं ४ लाई ट्राइबेकरमा ४ का बिरुद्ध ५ गोलले पराजित गरेको छ । उक्त खेलको पहिलो हाफमा वडा नं ५ का खेलाडी सुसन मल्लले २७ मिनेटमा गोल गरेका थिए भने त्यसको जवाफमा वडा नं ४ का खेलाडी कमल मानन्धरले खेलको ५८ मिनेटमा गोल फर्काएका थिए । त्यसपछि खेल बराबरीमा टुगें पछि ट्राइबेकरमा गएको थियो र वडा नं ५ ले वडा नं ४ लाई ट्राइबेकरमा ४ का बिरुद्ध ५ गोलले पराजित गरेको थियो ।
उक्त खेलमा म्यान अफ दि म्याच वडा नं ४ का खेलाडी सुजन बुढामगर भएका थिए ।
सम्पुर्ण खेलहरु नकआउट आधारमा खेलाइने आयोजक युथ हसन्टार क्लबका अध्यक्ष विश्वकर लामाले बताउनुभयो।
https://www.youtube.com/watch?v=zoE6syBcjVc&t=5s